जिल्ला रुपन्देही, सिद्वार्थनगर नगरपालिका वडा नं. ६ का वडा सचिव शिवनारायण गुप्ता बनियासहित ४ जना उपर राजस्व रकम छली गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१४ गते ।
-------------------------------------------------
 
जिल्ला रुपन्देही सिद्वार्थनगर नगरपालिका वडा नं. ६ को जग्गा २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिसको आधारमा राजस्व छली भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  तीनतर्फ २० फुटे कच्ची बाटोसँग जोडिएको कि.नं. २०० क्षेत्रफल ९९५.३० ब.मि. को जग्गा जग्गाधनी रुपेन्द्र यादव, वडा सचिव शिव नारायण गुप्ता बनिया र जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीसमेतको आपसी मिलेमतोमा बनाएको गलत सर्जमिन मुचुल्काको आधारमा बाटो भएको जग्गालाई बाटो नभएको भनी गलत सिफारिस गरी गराई नेपाल सरकारलाई प्राप्त हुने राजस्व रु. २,७१,४२६।– चुहावट गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुलाई देहायबमोजिमको कसुरमा सजायको मागदाबी लिइएको छ ।
 
क. वडा सचिव शिवनारायण गुप्ता बनियाले बाटो भएको जग्गालाई बाटो नभएको भनी गलत सर्जमिन मुचुल्का तयार गरी सोही मुचुल्काकै आधारमा घरबाटो सिफारिस गरी गराई रु. २,७१,४२६।– (दुई लाख एकहत्तर हजार चार सय छब्बीस) राजस्व चुहावट गरी नेपाल सरकारलाई हानिनोक्सानी गरेको देखिंदा निजलाई बिगो रु. २,७१,४२६।–  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ८ को उपदफा (३) बमोजिम कसुरमा ऐ. को दफा ९ र दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ख. जग्गा बिक्रीकर्ता रुपेन्द्र यादवले जग्गा बिक्री गर्दा नियमानुसार लाग्ने पुँजीगत लाभकर रु. १,५४,१८८।– जग्गा बिक्री गर्दाको बखत दाखिला गर्नुपर्नेमा नगरी उजुरी परेपश्चात मात्र सजायबाट बच्ने उद्देश्यले पुँजीगत लाभकर रु. १,४३,५३५।- दाखिला गरेको र नियमानुसार लाग्ने पुँजीगत लाभकर रु. १०,६५३।– हालसम्म पनि दाखिला गरेको नदेखिंदा निजलाई बिगो रु. १,५४,१८८।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजमको कसुरमा ऐ. को दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी दाखिला गर्न बाँकी पुँजीगत लाभकरबापतको रकम सोही दफा ८ को उपदफा (४) बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।
 
ग. जग्गा खरिदकर्ताहरु सागर थापा र राम क्षेत्रीले जग्गा खरिद गर्दा रजिष्ट्रेशन दस्तुर छल्ने नियतले बाटो भएको जग्गालाई जानी बुझी वडा सचिव शिवनारायण गुप्ता बनियासमेतको मिलेमतोमा बाटो नभएको भन्ने झुठ्ठा व्यहोराको गलत सिफारिस गरी गराई नेपाल सरकारलाई प्राप्त हुने रजिष्ट्रेशन दस्तुरबापत रु. १,१७,२२८।– जग्गा खरिद गर्दाका बखत दाखिला गर्नुपर्नेमा नगरी उजरी परेपश्चात मात्र सजायबाट बच्ने उद्देश्यले दाखिला गरेको देखिंदा निजहरुलाई जनही बिगो रु. १,१७,२२८।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ऐ. को दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22