कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थी र सेवाग्राही लेखापरीक्षक राम चन्द्र श्रेष्ठउपर घुस/रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१४ गते ।
-------------------------------------------------

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस/रिसवत माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज ना.सु. डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच रु. ५,०००।–(पाँच हजार) लिने दिने क्रममा उक्त रकमसहित निजहरु दुवैलाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत ना.सु. डोर प्रसाद पन्थीले बिभिन्न कम्पनीहरुको अभिलेख अध्यावधिक गर्ने क्रममा लेखापीक्षक रामचन्द्र श्रेष्ठको लेखापरीक्षण प्रतिवेदन सामेल हुने फाइलमा सहजता प्रदान गरिदिने कामको लागि रु. ५,०००।– (पाँच हजार) घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज डोर प्रसाद पन्थीलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

साथै, सेवाग्राही लेखापरीक्षक राम चन्द्र श्रेष्ठले राष्ट्रसेवक कर्मचारी ना.सु. डोर प्रसाद पन्थीलाई आफ्नो काममा सहजता प्रदान गरिदिन घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा निज राम चन्द्र श्रेष्ठउपर बिगो रु. ५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम ऐ. को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन तथा घुस/रिसवतबापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24