मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१४ गते ।
-------------------------------------------------

जिल्ला धादिङ, जिवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा लेखापढी ब्यवसायीमार्फत सरोकारवालासँग घुस/रिसवत लिएको सूचना एवं उजुरीका आधारमा उक्त कार्यवापत रु.५,०००।–(पाँच हजार) मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारीलाई दिदै लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई उक्त रकमसहित मालपोत कार्यालय परिसरवाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारीले सेवाग्राहीको जग्गा छिटो छरितो लिखत पास गरिदिएवापत लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठसँग आपसी मिलेमतोमा पटक-पटक गरी रु. ५,०००।–(पाँच हजार) घुस/रिसवतवापत लेनदेन गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निज सूर्य अधिकारीले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरजन्य कार्य भएको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु. ५,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी घुसवापतको रकम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिइएको छ ।

साथै, लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठले राष्ट्रसेवक कर्मचारीसँग मिलेमतो गरी घुस/रिसवत दिने कार्यमा प्रत्यक्ष संलग्न भई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको कसुरजन्य कार्य गरेकोले निज कान्छोनारायण श्रेष्ठलाई बिगो रु. ५,०००।– कायम गरी सो दफाले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24