जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका स्थित जनकल्याण सामुदायिक व.उ.स.का कोषाध्यक्ष मीन बहादुर घोले र जनसेवा सामुदायिक व.उ.स. का कोषाध्यक्ष तीर्थ बहादुर रानाउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१२ गते ।
-------------------------------------------------

जिल्ला सिन्धुली, तीनपाटन गाउँपालिका वडा नं. १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं. ९ मा लैजान दिने भनी घुस/रिसवत रकम माग गरी उक्त घुस/रिसवत रकम लिई पुरानो काठ लैजान दिएको भन्ने निवेदनको अधारमा ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट मिति २०७७।०२।२१ गते श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तीनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष मिन बहादुर घोलेको साथबाट रु.३,००,०००/- (तीन लाख) र जनसेवा वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तीनपाटन गाउँपालिका, वडा नं. १० सिन्धुलीका कोषाध्यक्ष तिर्थ बहादुर रानाको साथबाट रु.३०,५००/- (तीस हजार पाँच सय) घुस/रिसवत बापतको रकम वरामद गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासमा दाखिला हुन आएको हुँदा निजहरुलाई आयोगको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० स्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीन बहादुर घोलेले सेवाग्राहीले प्रयोग गरेका पुराना काठपातहरु जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० बाट ऐ. वडा नं. ९ मा लैजान लाग्दा उक्त काठ रोकी रु. ३,००,०००।– (तीन लाख) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निज मीन बहादुर घोलेलाई बिगो रु. ३,००,०००।– कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन एवं बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिइएको छ ।

साथै जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० मा स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थ बहादुर रानाले सेवाग्राहीले प्रयोग गरेका पुराना काठपातहरु जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १० बाट ऐ. वडा नं. ९ मा ढुवानी गर्न छाडिदिने प्रयोजनको लागि रु. ३०,५००।–(तीस हजार पाँच सय) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको भएकोले निज तीर्थ बहादुर रानालाई बिगो रु. ३०,५००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुनका साथै बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24