अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङसहित ५ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।११ गते ।
-------------------------------------------------
 
मिति २०७६।११।०८ गते अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ र प्रहरी हवल्दार विष्णु दयाल चौधरीले घुस/रिसवत लिएको भन्ने सूचना/उजुरीउपर अनुसन्धान हुँदा देहायबमोजिमका व्यक्तिहरुले देहायबमोजिम कसुर गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले देहायबमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ ।
 
क. अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) लागू औषध नियन्त्रण व्यूरो, वीरगञ्ज शाखाका प्रहरी जवान अवधेश रायलाई, रु.१,१०,०००।- (एक लाख दश हजार) अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई र बाँकी रु.४,००,०००।- (चार लाख) निज प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङले आफैसँग राखेको हुँदा निजहरु मिलेर जम्मा रु.७,००,०००।- (रुपैया सात लाख) घुस/रिसवतबापत लिएको देखिंदा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस/रिसवतबापत लिएको रकम रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी पाउन र अनुसन्धानको क्रममा यी आरोपीहरुबाट बरामद भई आएको रु.६,३५,०००।- (छ लाख पैतीस हजार) र नपुग रकम रु.६५,०००।- (पैसठ्ठी हजार) समेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम यी आरोपीहरुबाटै असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
 
ख. जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी जवान राज कुमार गुरुङले प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) प्रहरी जवान अवधेश रायलाई, रु.४,००,०००।- (चार लाख) प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई, रु.१,१०,०००।- ( एक लाख दश हजार) प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीसमेतलाई रकम उपलब्ध गराउने लगायत घुस/रिसवत लिने कार्यमा सुराकी परिचालन गरी मतियारको कसुर गरेको पाइएकोले प्रहरी जवान राज कुमार गुरुङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर गरेको देखिंदा निज राज कुमार गुरुङलाई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ग. कावासोती नगरपालिका वडा नं.-५ बस्ने सोनाम तामाङले वयानका क्रममा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार भएको देखिंदा निज सोनाम तामाङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22