श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताउपर बिगो रु. ६,००,०००।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०७ गते ।
-------------------------------------------------

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पर्सामा जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालयको लागि प्राप्त रकम मध्येबाट प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताले आधा रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन  प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ताले विद्यालयको भवन निर्माणका लागि निकासा भएको रु. १६,००,०००।– (सोह्र लाख) रकममध्ये आफ्नो नाममा रु. ५,००,०००।– (पाँच लाख) र विश्वनाथ साह कानूको नाममा रु. १,००,०००।– (एक लाख) निकासा गरी जम्मा रु. ६,००,०००।–(छ लाख) रकम भुक्तानी गरी विद्यालयमा निर्माणको कुनै काम नगरी रकम हिनामिना गरी फरार रहेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको भ्रष्टाचारजन्य कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज सन्तोषप्रसाद गुप्तालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरेको बिगो रु. ६,००,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24