इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जना उपर बिगो रु. ६१,०२०।– कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०७ गते ।
-------------------------------------------------
 
इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासमेतले अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक नृप बहादुर बोहराले सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तबरले हानिनोक्सानी गरेको तथा सो कार्यलाई ढाकछोप गर्न सामुदायिक वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको तथ्य पुष्टि हुन आएकोले नृप बहादुर बोहराले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १८ बमोजिम कसुर गरेको देखिंदा निज नृप बहादुर बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) र दफा १८ बमोजिम जम्मा बिगो रु. ६१,०२०।– (एकसठ्ठी हजार बीस) कायम गरी सजाय हुन मागदाबी लिइएको छ । 
 
ख. केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले इलाका प्रहरी कार्यालय विपीनगरलाई विना छुटपुर्जी दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको साथै नृप बहादुर बोहराले गरेको कसुर लुकाउन भूमिकासमेत खेलेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज चक्र बहादुर साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जम्मा बिगो रु. ६१,०२०।– कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24