सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित ४ जना उपर बिगो रु. ६,७७,५९९।- कायम गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०५ गते ।
-------------------------------------------------
 
सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले मिति २०७६/०८/२२ गते अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट आफैंले गई गाडी नियन्त्रणमा लिई कार्यालयमा ल्याई चेकजाँच गरी फेला पारेको सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीलाई आदेश दिई बिक्री गरी/गराई बाँडफाँड गरी आफुले निर्वाह गर्नुपर्ने कार्यालय प्रमुखको पदीय जिम्मेवारीसमेतको दुरुपयोग गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज खेम प्रसाद नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज खेम प्रसाद नेपाललाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।- (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
ख. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामकाजी लामाले मिति २०७६/०८/२२ गते छोवाङ्ग तामाङ्गको सूचनाको आधारमा केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई उक्त गाडीमा सवार पुरुष व्यक्तिबाट १११ ग्राम सुन लिई सो सुन भुपाल घलेसमेतको सहयोगमा काठमाडौंमा आई बिक्री गरी बाँडफाँड गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज रामकाजी लामाले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज रामकाजी लामालाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।- (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
ग. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार पुरुषोत्तम खत्रीले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई उक्त गाडीमा सवार पुरुष व्यक्तिबाट लिएको १११ ग्राम सुन रामकाजी लामामार्फत बिक्री एवं भागबण्डासमेत गरी गैरकानूनी लाभ लिई राजश्व चुहावट गर्ने/गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज पुरुषोत्तम खत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज पुरुषोत्तम खत्रीलाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।- (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
घ. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले मिति २०७६/०८/२२ गते केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको टाटासुमो गाडी कार्यालय परिसरमा ल्याई चेकजाँच गर्दा फेला परेको उक्त १११ ग्राम सुन बिक्री गर्ने कार्यमा प्रहरी हवल्दार रामकाजी लामालाई सहयोग गरी गैरकानूनी लाभ लिई राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा निज रामशरण रिमालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज रामशरण रिमाललाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.६,७७,५९९।- (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैंया) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24