सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित ४ जना उपर बिगो रु. २६,५२०५९।– कायम गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०५ गते ।
-------------------------------------------------
 
सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले मिति २०७६।०९।११ गते अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहाय बमोजिम भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालले मिति २०७६।०९।११ गते सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले ना६ख ४९३२ नम्वरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको कुरा जानकारी हुँदाहुँदै पनि निज प्रहरी हवल्दार रामशरण रिमाललाई उक्त सुन सहित आवश्यक कारवाही गर्नुपर्नेमा निजलाई कार्यालयबाट बिना कारण आउट/बिदा छोडी निजसँगै पटक-पटक सम्पर्कमा रहेको देखिएको हुँदा निज खेम प्रसाद नेपालले उक्त दिन रामशरण रिमालले कब्जामा लिएको ४२२ ग्राम सुनमा समेत मिलोमतो गरेको स्पष्ट देखिन आएको हुँदा निज खेम प्रसाद नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज खेम प्रसाद नेपाललाई उक्त ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.२६,५२०५९।- (छव्वीस लाख बाउन्न हजार उनान्साठ्ठी) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (छ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
ख. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले मिति २०७६।०९।११ गते पुरुषोत्तम खत्रीको सुचनाको आधारमा केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको ना६ख ४९३२ नम्वरको कन्टेनर कार्यालयभित्र ल्याई सो गाडीमा सवार व्यक्तिबाट ४२२ ग्राम सुन कब्जामा लिएर कानूनी कारवाही अगाडि नबढाई लिए खाएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुर भएको देखिंदा निज रामशरण रिमाललाई उक्त ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु. रु.२६,५२०५९।- (छव्वीस लाख बाउन्न हजार उनान्साठ्ठी) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (छ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
ग. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामकाजी लामाले मिति २०७६।०९।११ गते रामशरण रिमालले ४२२ ग्राम सुन लिएको सम्बन्धमा रामशरण रिमालबाटै जानकारी प्राप्त गरेपश्चात पनि कहीं कतै रिपोर्टसमेत नगरी उक्त सुन लुकाउनमा रामशरण रिमाललाई मद्दत गरेको देखिएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुर भएको स-प्रमाण पुष्टि हुन आएकोले निज रामकाजी लामालाई उक्त ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.२६,५२०५९।- (छव्वीस लाख बाउन्न हजार उनान्साठ्ठी) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (छ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।
 
घ. सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार पुरुषोत्तम खत्रीले निजकै सूचनाको आधारमा रामशरण रिमालले सो कन्टेनरबाट ४२२ ग्राम सुन लिई लुकाएको देखिएको र उक्त सुन निज रामशरण रिमालले लुकाई सकेपश्चात पनि निज रामशरण रिमाल र पुरुषोत्तम खत्रीबिच पटक-पटक सम्पर्क भएको हुँदा सो सुन रामशरण रिमालले लिएको सम्बन्धमा निज पुरुषोत्तम खत्रीलाई जानकारी हुँदाहुँदै सो सुन लुकाउन सहयोग गरेको देखिन आई निज पुरुषोत्तम खत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज पुरुषोत्तम खत्रीलाई उक्त ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो रु.२६,५२०५९।- (छव्वीस लाख बाउन्न हजार उनान्साठ्ठी) कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (छ) बमोजिम कैद सजाय गरी ऐ. ऐनकै दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24