श्री राष्ट्रिय मा.वि. पहरिया कृष्णपुर कञ्चनपुरका शिक्षक बिस्ना कुमारी साउद उपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०३ गते ।
-------------------------------------------------

श्री राष्ट्रिय मा.वि. पहरिया कृष्णपुर कञ्चनपुरका शिक्षक बिस्ना कुमारी साउदले शिक्षक सेवा आयोग भक्तपुरको अस्थायी करार सूचीमा नाम रहेको अर्की बिस्ना साउदको नाउँमा एक बर्षदेखि अस्थाई सूचीको शिक्षक भई जागिर खाइरहेकोले दोषीलाई कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कृष्णपुर न.पा. वडा नं. १ पहरिया बस्ने बिस्ना कुमारी साउद (ना.प्र.नं. १००३/१९१६९ कञ्चनपुर) ले शुक्लाफाँटा न.पा. वडा नं. ६ बस्ने बिस्ना कुमारी साउद (ना.प्र.नं. ७४१०१२ डडेलधुरा) को शिक्षक सेवा आयोगको करार सूचीमा प्रकाशित नामलाई नाम, थर मिलेको आधारमा सो व्यक्ति आफू भएको भनी आफूले नपाएको अधिकार वा हैसियत प्रयोग गरेको तथा झुठ्ठा विवरण पेश गरी शिक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधासमेत लिएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र सोही ऐनको दफा १६ को उपदफा (१) अनुसारको भ्रष्टाचारजन्य कसुर भएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज बिस्ना कुमारी साउद (ना.प्र.नं. १००३/१९१६९, कञ्चनपुर) लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24