ईलाका प्रहरी कार्यालय मसुरीया, कैलालीका प्रहरी नायब निरीक्षक दिल बहादुर महरासमेत २ जना उपर बिगो रु.५०,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२८ गते ।
-------------------------------------------------

जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. १० का बृख बहादुर धामीले सेवाग्राहीको घरायसी झगडा सम्बन्धी ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज बृख बहादुर धामीलाई सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय मसुरीया, कैलालीका प्रहरी नायब निरीक्षक दिल बहादुर महराले निज कार्यरत रहेको ईलाका प्रहरी कार्यालयमा दर्ता भएको झगडा मुद्दा मिलाई दिने भनी आफ्नो लागि बृख बहादुर धामीमार्फत सेवाग्राहीबाट रु. ५०,०००।–(पचास हजार) घुस/रिसवत माग गरी उक्त रकम लिन मञ्जुर भई बृख बहादुर धामीलाई लिन लगाई निजलाई नै राख्न सहमति दिएको प्रमाणित भएकोले निज दिल बहादुर महराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर देखिंदा निज दिल बहादुर महरालाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै सोही मुद्दा मिलाउन मध्यस्थकर्ताको काम गर्ने गौरीगंगा नगरपालिका वडा नं. १० उदाशिपुर बस्ने बृख बहादुर धामीले ईलाका प्रहरी कार्यालय, मसुरीया कैलालीका प्रहरी नायब निरीक्षक दिल बहादुर महरालाई दिन भनी सेवाग्राहीबाट रु. ५०,०००।– घुस/रिसवत लिएको प्रमाणित भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिंदा निज बृख बहादुर धामीलाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24