नेपाल विद्युत प्राधिकरण डिजेल केन्द्र, चौकीटोल हेटौडाका अवकाश प्राप्त जुनियर हेल्पर कान्छिमाया थिङ्गउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२७ गते ।
-------------------------------------------------
जिल्ला मकवानपुर, साविक पदमपोखरी गा.वि.स. वडा नं. ६ हाल हेटौडा उपमहानगरपालिका वडा नं. १, लालझाडी घर भई नेपाल विद्युत प्राधिकरण डिजेल केन्द्र, चौकीटोल हेटौडाका जुनियर हेल्पर कान्छिमाया थिङ्गले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बुद्ध निम्न माध्यमिक विद्यालय पान्तले, मकवानपुरबाट कक्षा-५ उत्तीर्ण गरेको झुठ्ठा प्रमाण-पत्रको आधारमा जुनियर हेल्पर पदमा नयाँ नियुक्ति लिएको पुष्टि हुन आएको हुँदा हाल अवकाश प्राप्त निज कान्छिमाया थिङ्गको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर भएकोले निज कान्छिमाया थिङ्गलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet