कोहबरा गा.वि.स. झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेसहित ११ जना उपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२७ गते। 
-------------------------------------------------------------
 
मोरङ्ग जिल्ला, लेटाङ्ग गा.वि.स. वडा नं. २ घर भएका स्व. हरि प्रसाद चम्लागाईको दुई श्रीमतीहरुमध्ये जेठी रेनुका चम्लागाई र कान्छी हुमादेवी चम्लागाई भएकोमा हरि प्रसाद चम्लागाईको मिति २०६४।०४।२१ मा मृत्यु भएपछि दुवै सौताको संयुक्त दस्तखतमा लेटाङ्ग, मोरङमा मृत्यु दर्ता गराएकोमा जेठी सौता रेनुका चम्लागाईले पुनः जिल्ला झापा, कोहबरा गा.वि.स.का सचिव राम प्रसाद न्यौपानेसँग मिलेमतो गरी नक्कली मृत्यु दर्ता र बसाईसराई बनाई हरि प्रसाद चम्लागाईको नाममा दर्ता रहेको दमक नगरपालिका वडा नं. १ को कि.नं. १८४२३ को क्षेत्रफल ०-१-० जग्गा एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहायबमोजिम भ्रष्टाचारजन्य कसुर गरेकाले देहायबमोजिम सजाय हुन मागदावी लिइएको छ ।
 
क. कोहबरा गा.वि.स. झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स. हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनावद्ध रुपमा बदनियतपूर्वक मृत्युदर्ता प्रमाणपत्र र बसाइँसराई प्रमाणपत्र जारी गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिंदा निज गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर भएको हुँदा सोही दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ख. रेनुका चम्लागाईले आफूले लाभ लिने मनसाय राखी दुई ठाउँबाट मृत्युदर्ता गराउने, कोहबरा गा.वि.स.मा बसोबास नै नभएकोमा त्यहाँबाट बसाइँसराई प्रमाणपत्र जारी गर्न र उक्त प्रमाणपत्रहरु दमक नगरपालिका तथा मालपोत कार्यालयमासमेत निजले पेश गरेको देखिंदा बदनियतपूर्वक गलत लिखत तयार गर्न लगार्इ लाभ लिइसकेकाले निज रेनुका चम्लागार्इँले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियारको कसुर गरेको देखिएकाले निजलाई सोही ऐनको दफा २२ को प्रतिवन्धनात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐन को दफा ९ को बमोजिम कसुर गर्ने व्यक्ति सरह नै सजाय हुन मागदाबी लिइएको छ । 
 
ग. दमक नगरपालिकाका तत्कालीन वडासचिव मोहनप्रसाद ओलीले सर्जमिन मुचुल्का गर्न फिल्डमा नगइ कार्यालयमै बसेर रोहबरमा हस्ताक्षर गरेको कुरा निजले बयान गर्दा स्वीकार गरेको हुँदा उक्त सर्जमिन मुचुल्कामा गलत व्यहोरा उल्लेख हुँदा आफ्नो सामुन्ने सर्जमिन नै नगरिएकोमा रोहबरमा बदनियतपूर्वक दस्तखत गरी पेश गरेको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज मोहनप्रसाद ओलीलाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
घ. दमक नगरपालिकाका तत्कालीन कार्यालय सहयोगी दल बहादुर खत्रीले रोहबरमा बस्ने वडासचिव समेत फिल्डमा नगएकोमा एक्लै फिल्डमा गई गलत व्यहोराको सर्जमिन गरेकोमा काम तामेल गर्नेमा दस्तखत गरी गलत प्रतिवेदन दिन सहयोग पुर्‍याएको पुष्टि हुन आएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियारको कसुर गरेको देखिंदा निज दल बहादुर खत्रीलार्इ सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ङ. सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका वडा नं. १ बस्ने स्थानीय वासीहरु महानन्द सापकोटा,  राजेन्द्र भन्ने गिरीराज  श्रेष्ठ,  चिन्तामणी बुढाथोकी,  रमेश भन्ने रोमनाथ दाहाल,  लक्ष्मी प्रसाद वस्ताकोटी,  टंक प्रसाद बजगाई, बालकृष्ण न्यौपानेसमेत जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभए नगरेका कुरा लेखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरु जम्मा ७ जनालाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 
प्रवक्ता 
प्रदीपकुमार कोइराला
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24