नेपाल बिद्युत प्राधिकरण, रङ्गेली बितरण केन्द्र, मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङ उपर बिगो रु. ८,७३,५४२।१४ कायम गरी बिद्युत महसुल हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२६ गते।
-------------------------------------------------------------
मोरङ जिल्ला, तत्कालीन बिराटनगर न.पा. -२० (हाल बिराटनगर उपमहानगरपालिका वडा नं. १६) स्थाई ठेगाना भई नेपाल बिद्युत् प्राधिकरण, रङ्गेली बितरण केन्द्र, मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङले सो केन्द्रको एउटा आय काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज अरुण कुमार गुरुङ्गले ग्राहकहरुले बुझाइसकेको बिद्युत महसुलबाट आ.ब. ०६८/०६९ र आ.ब. २०६९/०७० मा हिनामिना गरेको कारणले त्यस्ता ग्राहकको नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा थप दस्तुरसहितको महसुल रकम रु.८,७३,५४२।१४ लाई बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ७ बमोजिमको कसुरमा सोही दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना कायम गरी पाउन मागदाबी लिई मिति २०७७।०२।२५ गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet