यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना उपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२५ गते। 
-------------------------------------------------------------
 
नागरीक समाज इटहरीबाट यातायात व्यवस्था कार्यालय (सवारी) कोशीमा संकलित राजस्व हिनामिना भैरहेकोसमेतको व्यहोरा उल्लेख गरी आयोगमा दर्ता हुन आएको उजुरीका सम्वन्धमा आ.ब. २०७३/०७४ को २०७३ चैत्र देखी २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनासमेतका आधारमा सेवाग्राहीहरुबाट संकलित राजस्व प्रचलित कानून वमोजिम सम्वन्धित राजस्व खातामा दाखिला नगरी/नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्‍याउने देहायका कर्मचारीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं  नाम, पद  कार्यालय  बिगो रु.  सजायको मागदाबी
१ तत्कालीन कार्यालय प्रमुख नयराज नेपाल  यातायात व्यवस्था कार्यालय (सवारी) कोशी १,०८,२९,०६९।- भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
२ तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्साल ”   ३,३०,७९,३७३।-  ”             ”
३ तत्कालीन कार्यालय प्रमुख गोपाल थपलिया ”  १,३०,७२,१५३।-  ”             ”
४ तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ”  ५६,१२,५४७।-   ”             ”
५ तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी ”  १,२५,४८,००६।-  ”             ”
६  तत्कालीन लेखापाल सुरेश अधिकारी ” ३,७२,४४,७५५।-  ”             ”
७ तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल ”  ३,४८,९३,२१६।-  ”             ”
८ तत्कालीन लेखापाल अर्जुन भट्टराई ”  २,१७,३२,४७३।-  ”             ”
९ तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल ”  ७३,६२,४५५।-  ”             ”
१०  कम्प्युटर अपरेटर (करार) सुजन राई ”  २२,४४,३३६।-  ”             ”
११ कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर फोकस वान नेपाल प्रा.लि. ५,९४,९८,९३१।-  भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्‍टि भएको हुँदा न्यून दाखिला भएको राजस्व सोही ऐनको सोही दफा बमोजिम असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ।
१२  कम्प्युटर अपरेटर रमेश पौडेल ”  ५,९४,९८,९३१।-  ”             ”
१३  कम्प्युटर अपरेटर भूमिराज अधिकारी ” ५,९४,९८,९३१।-  ”             ”
१४ कम्प्युटर अपरेटर हरिमदन ढुङ्गेल ”  ५,९४,९८,९३१।-  ”             ”
१५ कम्प्युटर अपरेटर दिपेन्द्र कुमार मण्डल  ”  १,४६,५२६।-  ”             ”
१६ कम्प्युटर अपरेटर मैया कुमारी चापागाई ”   २२,४४,३३६।-  ”             ”
१७ कम्प्युटर अपरेटर रविन कुमार विश्वास ” ४५,४६१।-  ”             ”
 
 
प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24