जलस्रोत तथा सिंचाई विकास डिभिजन मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. आनन्द कुमार झाउपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२३ गते।
 
----------------------------------------------

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सि.डि.ई. आनन्द कुमार झाले नदी तटबन्धन नियन्त्रण सम्बन्धी कार्यको लागि थप बजेट निकासा गरिदिने प्रयोजनार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ विराटनगरमा कार्यरत कर्मचारीलाई रु. १०,०००।- (दस हजार) घुस/रिसवत दिने सम्बन्धी उजुरीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज आनन्द कुमार झालाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. आनन्द कुमार झाले नदी तटबन्ध नियन्त्रण सम्बन्धी आयोजनाको थप बजेट निकासा गरिदिने प्रयोजनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. १ बजेट शाखामा कार्यरत कर्मचारीलाई प्रभावमा पारी नियमविपरीत काम गराउने मनसायले नियतवस घुस/रिसवत रकम दिनको लागि रु. १०,०००।– (दस हजार) खाममा हाली ल्याई कर्मचारीले नमागी निजको जानकारी वेगर जवरजस्ती घर्रामा राखी दिएकोमा कर्मचारीले उक्त घुस/रिसवत रकम स्वीकार नगरी सोको प्रतिकार गरी माथिल्लो पदाधिकारीलाई जानकारी गराएपछि उक्त घुस/रिसवत घटना सबैको जानकारीमा आएपश्चात निज आनन्द कुमार झाले आफ्नो बिरुद्धको प्रमाण नष्ट गर्ने उद्देश्यले उक्त रकम आफैले लगेर मन्त्रालयमा रहेको शौचालयमा फल्स गरी नष्ट गरी दिएको पुष्टि भएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निज आनन्द कुमार झालाई बिगो रु. १०,०००।– (दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24