नापी कार्याल रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसमेत ५ जना उपर बिगो रु. १७,००,०००।– गरी घुस रकम लेनदेन गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।१९ गते।
---------------------------------------------
नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माले सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी तथा मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्यालले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट रू.१७,००,०००।– (सत्र लाख) घूस/रिसवत लिईसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा साविक लेखनाथ २ कास्की वस्ने जग्गाधनी गंगादेवी पौडेलको नाउँमा कायम रहेको रुपन्देही साविक टिकुलीगढ ९क स्थित कित्ता नं. २५२,९२९,९३६,९४६,९२६ र ऐ. कार्यालय ऐ. मितिको टोकन नं. १४ को आदेशानुसार ऐ.ऐ. वस्ने जग्गाधनी स्वतन्त्र पौडेलको नाउँमा दर्ता कायम रहेको रुपन्देही ऐ.ऐ.स्थित कित्ता नं. ९४४, ९२५, ९४०, ९३७, ९३३ जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि लेखन्दास जीवन शर्मा, नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, ऐ.ऐ. कार्यालयका नापी सर्भेक्षकहरू थानेश्वर चौधरी र तीर्थराज भण्डारी र मालपोत कार्यालय रुपन्देही, भैहरवाका नायव सुब्वा धर्मराज पन्थीले एकापसमा मिलेमतो र वाँडीचुँडी खानेलिने मनसायले निवेदक तथा सेवाग्राही पर्शुराम भण्डारीसँग घुस/रिसवतवापत जम्मा रू.१७,००,०००।– (रू.सत्र लाख) माग गरी उक्त घुस/रिसवत रकम लिन मञ्‍जुरसमेत गरी नापी र मालपोत कार्यालय, रुपन्देही, भैरहवाका उल्लिखित आरोपितहरूकै प्रत्यक्ष निर्देशनमा आरोपित लेखन्दास जीवन शर्माले लिएको र सो घुस रकम नै बरामद भएको पुष्‍टि हुन आएको देखिंदा उक्त कसुरमा संलग्न देहायबमोजिमका व्यक्तिहरुउपर देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

क) लेखन्दास जीवन शर्माले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत तथा नापी कार्यालयमा पेश गर्नुपर्ने लिखत आफैले तयार गरी पेश गरी गराई उक्त कामको लागि उल्लिखित राष्ट्रसेवक कर्मचारीहरूबाट काम गराईदिनको लागि निवेदक पर्शुराम भण्डारीसँग घुस रिसवतवापतको रू.१७,००,०००।- रकम माग गरी उक्त रकम घुस रिसवतवापत लिन मन्जुरसमेत गरी आरोपित राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा निवेदकलाई उक्त घुस वापतको रकम दिन फोनमा कुराकानी तथा दवावसमेत दिई नापी र मालपोत कार्यालय रुपन्देही भैरहवाका उल्लिखित आरोपितहरूको निर्देशनमा विचौलियाको भुमिका खेली सो घुस रकम लिएको पुष्‍टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (२) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज लेखन्दास जीवन शर्मालाई बिगो रू.१७,००,०००।- (सत्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) तथा सोही दफाले निर्देश गरेअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र  दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ख) नापी कार्याल रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी र नापी सर्भेक्षक तीर्थराज भण्डारीले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत कार्यालय रुपन्देही, भैरहवाका नायव सुब्वा धर्मराज पन्थीलाई समेत रू.५००,०००।–(पाँच लाख) दिनुपर्ने भनी निवेदक पर्शुराम भण्डारीसँग जम्मा रू.१७,००,०००।- घुस रकम माग गरी गराई विचौलिया लेखन्दास जीवन शर्मालाई दिन/लिन समेत लगाई निवेदकसँग घुस रिसवतवापत माग गरिलिएकोमा सो रकममध्ये रू.१२,००,०००।– (बाह्र लाख) रकम नापी कार्यालयमा कार्यरत उल्लिखित आरोपितहरूले एकापसमा भागवण्डा गरी मिलिजुली वाँडीचुँडी खाने मनसायले विचौलिया जीवन शर्मालाई मागगरी लिन लगाएको पुष्टि हुन आई निज आरोपितहरू नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज आरोपितहरू नापी कार्याल रुपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीलाई बिगो रू.१२,००,०००।- (बाह्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

(ग) मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा धर्मराज पन्थीले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत कार्यालय, भैहरवा, रुपन्देहीबाट गर्नुपर्ने नामसारी/लिखत पारितसमेतको प्रयोजनको लागि नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीसमेतको मिलेमतो र संलग्नतामा विचौलिया लेखन्दास जीवन शर्मालाई जम्मा रू.१७,००,०००।–घुस रकम माग गरीलिन लगाई गराई निवेदकसँग घुस रिसवतवापत माग गरिलिएकोमा सो रकम मध्ये भागवण्डा गरी रू.५,००,०००।–(पाँच लाख) रकम निवेदकबाट घुस रिसवतवापत लिने खाने मनसायले निज नायव सुब्वा धर्मराज पन्थीले जीवन शर्मामार्फत मागगरी लिन लगाएको पुष्टि हुन आई निज मालपोत कार्यालय, रुपन्देही, भैरहवामा कार्यरत नायव सुव्वा धर्मराज पन्थीले ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज नायव सुव्वा धर्मराज पन्थीलाई बिगो रू.५,००,०००।- (पाँच लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 

 प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21