शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भिमदत्त नगरपालिका-३ तिलकपुरका अध्यक्ष कर्ण बहादुर विष्टसमेत २ जना उपर बिगो रु. १२,९०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।१८ गते।
------------------------------------------
जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका स्थित शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भिमदत्त नगरपालिका-३ तिलकपुरको नाममा रहेको ट्रयाक्टर र ट्रली घरायसी प्रयोजनमा लगाइएको र हाल उक्त ट्रयाक्टर र ट्रली बिक्री गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा शहीद स्मृति वन उपभोक्ता समिति भिमदत्त नगरपालिका ३ तिलकपुरका अध्यक्ष कर्ण बहादुर विष्टले मोडेल ६०५ Arjun इन्जिन नं. PMU ३७८० चेसिस नं. PMU ३७८० से १ त ४१६६ नं. को ट्रयाक्टर खरिदबापत जम्मा रकम रु. १२,९०,०००।–(बाह्र लाख नब्बे हजार) वन उपभोक्ता समितिबाट खर्च देखाएको भएतापनि उक्त ट्रयाक्टर श्री एम.पी. अटोमोवाइल्सबाट बोहरीगाउँ-१ दार्चुला निवासी नवराज जोशीका नाममा दर्ता भएबाट शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भिमदत्त नगरपालिका-३ तिलकपुरको रकम रु. १२,९०,०००।– हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरको देखिन आएकोले देहायबमोजिमका व्यक्तिहरुलाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।
 
क) शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भिमदत्त नगरपालिका-३ तिलकपुरका अध्यक्ष कर्ण बहादुर विष्टले ट्रयाक्टर खरिदबापत वन उपभोक्ता समितिको रु. १२,९०,०००।–खर्च गरेको तथ्य मिसिलमा संलग्न रसिदहरु, निजको वयान, लेखापरीक्षण प्रतिवेदनसमेतबाट देखिएकोमा ट्रयाक्टर समितिको नाममा नल्याई शहीद स्मृति वन उपभोक्ता समितिको रकम हिनामिना तथा हानिनोक्सानी गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निज कर्ण बहादुर विष्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रु. १२,९०,०००।– निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
ख) साविक जिल्ला दार्चुला गा.वि.स. बोहरीगाउँ वडा नं.-१ हाल भिमदत्त नगरपालिका-११ कन्चनपुर बस्ने नवराज जोशीले शहीद उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टको निर्देशनमा एम.पी. अटोमोवाइल्स, चटकपुर, धनगढी कैलालीबाट लिलाम हुन लागेको ट्रयाक्टरलाई ३ महिनाभित्रमा सावाँव्याज सहित रकम फिर्ता गर्नेगरी सम्झौता गरी आफ्नो नाममा नामसारी गरेको भनी वयान गरेको देखिए पनि सो अनुसाको कुनै सम्झौता पेश गरेको देखिंदैन। मोडेल ६०५ Arjun इन्जिन नं. PMU ३७८० चेसिस नं. PMU ३७८० से १ त ४१६६ नं. को ट्रयाक्टरको लागि शहीद स्मृति सामुदायिक वन उपभोक्ता समितिबाट पटक-पटक गरी रु. १२,९०,०००।– रकम बुझाएकोमा वन उपभोक्ता समितिलाई गैरकानूनी हानी र आफूलाई गैरकानूनी लाभ हुने गरी उक्त ट्रयाक्टर आफ्नो नाममा दर्ता गरेको हुँदा सामुदायिक वनको रकमबाट खरिद गरेको ट्रयाक्टर निजको हुन नसक्ने भएकोले निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर देखिंदा निजलाई हानिनोक्सानी गरेको बिगो रु. १२,९०,०००।– कायम गरी सोही दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी निजको नाममा रहको ट्रयाक्टर सोही दफा ८ को उपदफा (४) बमोजिम जफत गरी शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भिमदत्त नगरपालिका-३ तिलकपुरको नाममा कायम गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22