डिभिजन बन कार्यालय, दोलखाका डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठउपर बिगो रु.२,०३,५००/- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।११ गते ।
-------------------------------------------------
डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज सन्तमाया श्रेष्ठकोलाई नियन्त्रणमा लिएको थियो ।

डिभिजन बन कार्यालय, दोलखाका डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठले कार्यालयबाट सेवा लिएका काठ व्यवसायीहरूसँग बिभिन्न बरबहानामा रकमको वार्गेनिङ गरी गर्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बद्‌नियतपूर्वक काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस/रिसवत दिन वाध्य पारी सो वापत रकम रू.२,०३,५००।- लिई निजबाट उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा बिगो रू.२,०३,५००।- (दुई लाख तीन हजार पाँच सय रुपैयाँ) कायम गरी निज सन्तमाया श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुनका साथै निजले घुस/रिसवत लिएको बरामद भई दाखिला हुन आएको रकम रू.२,०३,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24