जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारउपर बिगो रु. ४०,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०९ गते ।
-------------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारले सेवाग्राहीसँग घुस/रिसवत बापत रु.४०,५००।– (चालीस हजार पाँच सय) लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट मादी गाउँपालिका कार्यक्षेत्र भई खटिएका सबईञ्जिनियर नवलेस कुमार रौनियारले सोही गाउँपालिका वडा नं. ९ का भूकम्पपीडितबाट सेवाग्राहीहरूको भूकम्पमा परी भत्किको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान हुने अनुदान रकमको दोश्रो र तेश्रो किस्ताको रकमबाट घुस/रिसवत वापतको रकम रु.४०,५००।०० (चालिस हजार पाँच सय) निज नवलेस कुमार रौनियारले नै घुस/रिसवत माग गरी लिएको व्यहोरा पुष्टि भई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले निज नवलेस कुमार रौनियारलाई बिगो रु.४०,५००।०० (चालिस हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिबाना र कैदको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26