जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारउपर बिगो रु. ४०,५००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०९ गते ।
-------------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारले सेवाग्राहीसँग घुस/रिसवत बापत रु.४०,५००।– (चालीस हजार पाँच सय) लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट मादी गाउँपालिका कार्यक्षेत्र भई खटिएका सबईञ्जिनियर नवलेस कुमार रौनियारले सोही गाउँपालिका वडा नं. ९ का भूकम्पपीडितबाट सेवाग्राहीहरूको भूकम्पमा परी भत्किको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान हुने अनुदान रकमको दोश्रो र तेश्रो किस्ताको रकमबाट घुस/रिसवत वापतको रकम रु.४०,५००।०० (चालिस हजार पाँच सय) निज नवलेस कुमार रौनियारले नै घुस/रिसवत माग गरी लिएको व्यहोरा पुष्टि भई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले निज नवलेस कुमार रौनियारलाई बिगो रु.४०,५००।०० (चालिस हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिबाना र कैदको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24