जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालसमेत ५ जनाउपर बिगो रु.१,४५,९२८।६५ कायम गरी अनियमितता सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०८ गते ।
-------------------------------------------------
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रअन्तर्गतको दाना आयुर्वेद औषधालयको कम्पाउन्डवाल निर्माण/मर्मतका क्रममा शुभकामना निर्माण सेवाका प्रोपाईटर सरिता सुवेदीसमेतले लागत ईष्टिमेट रकमभन्दा बढी भुक्तानी लिई अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी पुर्‍याएको भन्ने देहायको आधार कारणसमेतबाट देखिंदा संलग्न देहाय व्यक्तिहरूले गरेको निम्नानुसारको कसुरजन्य कार्यमा देहाय बमोजिमको सजाय मागदाबी लिइएको छ।
 
(१) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालले कम्पाउण्डवाल निर्माणको लागि शुभकामना निर्माण सेवा, झी निर्माण सेवा र श्रमजीवी निर्माण सेवा गरी ३ वटा निर्माण व्यावसायीसँग दरभाउपत्र माग गरेको कागजपत्रहरू देखाउन खोजेको भएपनि निर्माण व्यावसायीहरूले पेश गरेको निवेदनको मिति तथा उक्त निवेदन कार्यालयमा दर्ता गर्दाको मितिहरूमा केरमेट गरी वदनियतपूर्वक आफूले गरेको गल्तीको ढाकछोप गर्न गैरकानूनी तरिकाले कागजपत्रहरू सच्याउने, केरमेट गर्ने वा हेरफेर गर्ने गरेको देखिंदा निज तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर देखिंदा निज रमेश शर्मा भुसाललाई ऐ. ऐनको दफा ११ बमोजिको सजाय हुन,
 
साथै सदरमुकाम बेनीवाट लगभग ३ घण्टा मात्र टाढा रहेको उक्त निर्माण कार्यको अनुगमन गर्ने जिम्मेवारी निज रमेश शर्मा भुसालकै रहेको भए पनि काम सम्पन्न भए नभएको एकिन नगरी भुक्तानी दिने कार्य गरेको गरी  उक्त हानि नोक्सानी ढाकछोप गर्ने उद्देश्यले भुक्तानी दिएको २० महिना पछि पुनः निर्माणको प्रयास गरेको देखिंदा निजले नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने वदनियतले झुट्टा विलका आधारमा भुक्तानी दिएको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर देखिंदा निज रमेश शर्मा भुसाललाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र विगो असुल उपर गरी पाउन समेतको मागदावी लिइएको छ। 
 
(२) शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गको तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदिप खड्काले कम्पाउण्डवाल निर्माण कार्यको फिल्ड निरीक्षण गरी वास्तविक लागत अनुमान तयार नगर्ने र फिल्डमा नभएको कार्य समेत नापी किताबमा चढाई बदनियतपूर्वक बढी भुक्तानी गर्न सिफारिस गर्ने, मुल्यांकनको बखत वेनी – दाना बाटोमा आवागमन बन्द रहेकोले निर्माणस्थल पुग्न नसकेको भनी झुट्टा बयान गर्ने र यी कार्यहरूबाट नेपाल सरकारलाई भएको हानि नोक्सानी ढाकछोप गर्ने उद्देश्यले भुक्तानी दिएको २० महिना पछि पुनः निर्माणको प्रयास गरेको देखिंदा निजहरू तेजेन्द्र शर्मा पौडेल र सुदिप खड्का दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क) (ग) र (ङ) को कसुर गरेको स्थापित हुन आएकोले निजहरू दुवै जनालाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी विगो असुल उपर गरी पाउन मागदावी लिइएको छ।
 
(३) शुभकामना निर्माण सेवाको प्रोपाईटर सरिता सुवेदी र शुभकामना निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्माले स्वीकृत लागत अनुमानको परिधिभित्र निर्माण कार्य नगरेकोले उक्त कम्पाउण्डवाल निर्माणले उद्देश्यअनुरुप काम नगरेको र कम्पाउण्डवाल निर्माणमा फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई बदनियतपूर्वक कामै नगरी रु.१,४५,९२८।६५ बढी भुक्तानी लिएको देखिएकोले निर्धारित मापदण्ड र सम्झौताको पालना गरी उक्त निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्माले आफुले गर्नुपर्ने उक्त कार्यको जिम्मेवारी स्थानीय ठेकेदारलाई दिएको र बिल भुक्तानी लिनका लागि दानाका प्रमुखलाई फोटो खिची लम्बाई चौडाई नापी स्थानीय ठेकेदारलाई लिई आउन भनेको र लागत ईष्टिमेटभन्दा निर्माण कार्य धेरै गरेको भनी गैरजिम्मेवारपूर्ण सम्झौता अनुसारको तोकिएको मापदण्डबमोजिमको निर्माण कार्य नगरी आफूलाई सुम्पेको कार्यलाई अरु नै स्थानीय ठेकेदारबाट गराएको र कर्मचारीहरूसँगको मिलोमतोमा फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई बदनियतपूर्वक कामै नभएको रु.१,४५,९२८।६५ बढी भुक्तानी लिएको देखिंदा शुभकामना निर्माण सेवाको प्रो. सरिता सुवेदी र उक्त निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्मा दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू दुवै जनालाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगो असुल उपर गरी जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24