नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौडाका इलेक्ट्रिसियन रत्न बहादुर थिङ्ग उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०७ गते ।
-------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौंडाका इलेक्ट्रिसियन रत्न बहादुर थिङ्गले शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौडाबाट कक्षा-८ (आठ) उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली प्रमाण-पत्र पेश गरी तह-१ कुल्ली/जुनियर हेल्पर पदमा स्थायी नियुक्ति लिई सोही प्रमाण-पत्रका आधारमा तह-२ हेल्पर पद तथा तह-३ इलेक्ट्रिसियन पदमासमेत बढुवा भई सेवामा बहाल रही लाभसमेत लिएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर देखिएकोले निज रत्न बहादुर थिङ्गलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24