श्री शान्ति विद्याश्रम उ.मा.वि., ललितपुरका प्रधानाध्यापक दिव्यमणी ज्ञवाली उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०५ गते ।
-------------------------------------------------
श्री शान्ति विद्याश्रम उ.मा.वि., ललितपुरमा प्रधानाध्यापक पदमा कार्यरत दिव्यमणी ज्ञवाली सेवा प्रवेश गर्दा आई.एस्सी. र बी.एस्सि.को भारतीय नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट इन्टरमिडियट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरी वढुवासमेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज प्रधानाध्यापक दिव्यमणी ज्ञवालीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet