नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र, हेटौंडाका हेल्पर धन बहादुर रूम्बा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०५ गते ।
-------------------------------------------------
नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र, हेटौंडाका हेल्पर धन बहादुर रूम्बाले शैक्षिक योग्यताको प्रमाण-पत्रको नक्कली बनाई पेश गरी कार्यरत रहेकोले कारवाही गरी पाउँ भन्ने ब्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री जनता माध्यमिक विद्यालय असनपुर, सिराहाबाट कक्षा-८ (आठ) उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कुल्ली पदमा स्थायी नियुक्ति लिई हेल्पर पदमा वढुवा भई सेवामा बहाल रही लाभसमेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज हेल्पर धन बहादुर रूम्बालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet