तत्कालीन अवस्थाको बल्थली खानेपानी उपभोक्ता समिति काभ्रेका अध्यक्ष चेतनाथ भारतीउपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।०१ गते।
------------------------------------------

निवेदक चेतनाथ भारती तत्कालीन अवस्थाको बल्थली खानेपानी उपभोक्ता समितिको अध्यक्ष हुँदा उक्त समितिको नाममा निकासा भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेल, काभ्रेका इन्जिनियर पदमा कार्यरत शेखरनाथ खनाललाई घुस/रिसवत दिएको सम्बन्धमा विशेष अदालत काठमाडौंमा मिति २०७५।०९।२० मा दर्ता भएको आरोप-पत्रको सुनुवाइको क्रममा निवेदक साक्षी चेतनाथ भारतीले अदालतमा प्रतिकुल वकपत्र गरेको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा उजुरी कर्ता चेतनाथ भारतीले विशेष अदालतमा मिति २०७६।०९।२० गतेका दिन वकपत्र गर्दा यस आयोगमा दिएको उजुरी व्यहोराविपरित वकपत्र गरेकोले मुख्य अभियुक्त प्रतिवादी शेखरनाथ खनाललाई निजले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकुल वकपत्र गरी आयोगलाई असहयोग गरेको देखिंदा निज उजुरी कर्ता साक्षी चेतनाथ भारतीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबध्यात्मक वाक्यांश एवं विशेष अदालत ऐन, २०५९ को दफा ९ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको हुँदा सोही दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24