नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलास प्रसाद दाहाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।०१ गते।
------------------------------------------

नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलास प्रसाद दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनि काममा आलटाल गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीबाट निज सुपरभाईजर कैलाश प्रसाद दाहाललाई सेवाग्राहीसँग रु.२०,०००/- (बीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क वितरण केन्द्र नयाँ ग्राहक फाँटमा इलेक्ट्रिकल सुपरभाइजर पदमा कार्यरत कैलास प्रसाद दाहालले सेवाग्राहीको काम छिट्टो गरिदिने प्रयोजनको लागि रु. २०,०००।– (बीस हजार) घुस/रिसवत माग गरी लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज कैलास प्रसाद दाहालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले बिगो रु. २०,०००।– कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनका साथै निजलाई अनुसन्धानको क्रममा रु. ४०,००० (चालीस हजार) धरौटी लिई तारेखमा राखेको हुँदा मुद्दा बुझाउने दिन निजलाई उपस्थित हुन जानकारी दिई उपस्थित भए आरोपपत्र साथ अदालतमा उपस्थित गराउने, उपस्थित नभए निजले मिति २०७६।१२।१४ गते राखेको धरौटी रकम रु. ४०,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३० को उपदफा (३), मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ७५ को उपदफा (१) र कसुरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५ को नियम २१ को उपनियम (५) बमोजिम जफत गर्ने सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24