नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलास प्रसाद दाहाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।०१ गते।
------------------------------------------

नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलास प्रसाद दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनि काममा आलटाल गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीबाट निज सुपरभाईजर कैलाश प्रसाद दाहाललाई सेवाग्राहीसँग रु.२०,०००/- (बीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क वितरण केन्द्र नयाँ ग्राहक फाँटमा इलेक्ट्रिकल सुपरभाइजर पदमा कार्यरत कैलास प्रसाद दाहालले सेवाग्राहीको काम छिट्टो गरिदिने प्रयोजनको लागि रु. २०,०००।– (बीस हजार) घुस/रिसवत माग गरी लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज कैलास प्रसाद दाहालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले बिगो रु. २०,०००।– कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुनका साथै निजलाई अनुसन्धानको क्रममा रु. ४०,००० (चालीस हजार) धरौटी लिई तारेखमा राखेको हुँदा मुद्दा बुझाउने दिन निजलाई उपस्थित हुन जानकारी दिई उपस्थित भए आरोपपत्र साथ अदालतमा उपस्थित गराउने, उपस्थित नभए निजले मिति २०७६।१२।१४ गते राखेको धरौटी रकम रु. ४०,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३० को उपदफा (३), मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ७५ को उपदफा (१) र कसुरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५ को नियम २१ को उपनियम (५) बमोजिम जफत गर्ने सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला सिरहा, कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारी उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/12
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/12/11
बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/11