पशु विभाग अन्तर्गत पशु स्वास्थ्य चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा. बलराम थापासमेत २ जनाउपर आर्थिक अनियमितता सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।०१ गते।
------------------------------------------

पशु विभाग अन्तर्गत पशु स्वास्थ्य चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा. बलराम थापाले पदको दुरुपयोग गर्दै औषधी खरीदमा सम्बन्धित औषधी कम्पनीसँग मिलेमतो गरी नेपालमा दर्ता नै नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नामक भारतीय कम्पनीबाट उत्पादित औषधी र औषधीजन्य पदार्थ आयातको लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको भन्‍ने समेत व्यहोराको उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक डा. बलराम थापाले आफू तथा औषधी व्यवसायीलाई गैरकानूनी लाभ लिनका लागि आफूले नपाएको ओहदा, अधिकार, हैसियत दावी गर्दै नेपालमा दर्ता इजाजत नभएको भारतको इन्डियन इम्युनोलोजिकल लिमिटेड नाम गरेको कम्पनीबाट उत्पादित पशुपंक्षीजन्य औषधीहरू आयातको लागि सिफारिस गर्दै भन्सार कार्यालय वीरगञ्‍जलाई लेखेको पत्र मुनाल बायोभेटका सन्चालक रेवतीरमण निरौलालाई उपलब्ध गराई पैठारी गर्न लगाई भ्रष्‍टाचार गरेको स-प्रमाण पुष्‍टि भएकोले डा. बलराम थापाको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर अपराध भएकोले निजलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय हुन मागदावी लिइएको छ।

त्यसैगरी मुनाल बायोभेट फर्माका प्रोप्राइटर रेवतीरमण निरौलाले नेपालमा दर्ता नभएका औषधीहरू आयात गर्नको लागि गैरकानूनी रूपले अधिकार नै नभएको सरकारी निकाय केन्द्रीय पशु चिकित्सालय, त्रिपुरेश्‍वरका तत्कालीन प्रमुख बरिष्‍ठ पशु चिकित्सक डा. बलराम थापासँग मिलेमतो गरी वीरगञ्ज भन्सार कार्यालयलाई आयात अनुमतिको सिफारिस गर्न लगाई आयात गरी विक्री वितरणसमेत गरिसकेको तथ्य निर्विवाद रूपमा स्थापित हुन आएको र निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ को कसुरको मतियार हुने कसुर गरेको पुष्‍टि भएको हुँदा निज रेवतीरमण निरौलालाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम नै सजाय मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24