जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेस्तेदार लोकनाथ पराजुली उपर बिगो रु. ३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०१।२८ गते।
------------------------------------------
जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज लोकनाथ पराजुलीलाई सेवाग्राहीसँग रु. ३०,०००।–(तीस हजार) घुस/रिसवत बापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेस्तेदार लोकनाथ पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नं. को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत निजले धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी घुस/रिसवत वापतको रू.३०,०००/- सेवाग्राहीले चलाई रहेको कार भित्रै बुझी लिई आफूले लगाएको पाइन्टको गोजीमा राखी कारबाट ओर्लेर पर्स्याङस्थित डि.एल. लिक्वर सप भित्र गई बसेको अवस्थामा आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुलमुनी फ्याकेको आवस्थामा बरामद भई आएको स-प्रमाण पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएकोले निज श्रेस्तेदार लोकनाथ पराजुलीलाई बिगो रु.३०,०००।– (तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24