मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क.सहित ५ जनाउपर बिगो रु. ५५,१०,५९६।३३ कायम गरी राजस्व चुहावट गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०१।०३ गते ।
-------------------------------------------------
मेची भन्सार कार्यालय, झापाको प्रज्ञापनपत्र नं. M २८२४८ बाट सागर एण्ड साधना विजनेश प्रा.लि.ले मालवस्तु आयात गर्दा एउटा सामानलाई अर्कै सामान भनी गलत घोषणा गरेका सामानलाई मेची भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा मुल्याङ्कन तथा जाँचपास गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा ख्याती प्राप्त ब्राण्ड उल्लेख भएका मालवस्तु आयत गर्ने आधिकारीक पैठारीकर्ता फर्मले ब्राण्डेड मालवस्तु पैठारी गर्दा स्पष्टसँग उत्पतिको मुलुक, मालवस्तुको स्पेशिफिकेशन खुलाई पैठारी गर्ने गरेको र आर्थिक ऐन, २०७५ को दफा २ बमोजिम सोही ऐनको अनुसूचीको प्रकरण १८ मा पैठारीकर्ताले मालवस्तुको स्पेशिफिकेशन खुलाई भन्सार जाँचपासको लागि पेश गर्नुपर्ने भनी व्यवस्था गरेको देखिंदा गोलमोटलमा सामानको नाम मात्र राखी भन्सार कार्यालय, मेचीमा पेश गरेको र भन्सार कार्यालय मेचीका जिम्मेवार कर्मचारीहरुले प्रज्ञापन पत्र दर्ता M २८२४८ बाट भन्सार जाँचपास भएका मालवस्तु ट्रायक सुट, हाफ भेष्ट, ज्याकेट, फ्ल्याट सोल जुत्ता, स्पोर्टस जुत्ता र पी-क्याप जस्ता मालवस्तुको स्पेशिफिकेशन नलिई, प्राय सबै ब्राण्डेड कम्पनीको लोगो (चिन्ह) स्पष्ट देखिने अवस्थामा चेकजाँच नै नगरी पैठारीकर्ता तथा भन्सार एजेन्टसँग मिलेमतो गरी रु. ६५,४०,००६।३३ राजस्व रकम लिनुपर्नेमा न्यून मूल्याङ्कन गरी सोही आधारमा रु. १०,२९,४१०।– मात्र भन्सार महसुल र भ्याट लिएको देखाई भन्सार जाँचपास गरेको देखिन आएकोले आरोपीहरु सागर एण्ड साधना विजनेश प्रा.लि. का संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डे, भन्सार विन्दुमा मालवस्तुको भौतिक परीक्षणका लागि खटिएका भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले एक-आपसमा मिलेमतो गरी बदनियतपूर्वक भन्सार प्रज्ञानपत्रमा मालवस्तुको गलत घोषणा गरी गराई वास्तविक तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरी/गराई मालवस्तु पैठारी गरेको हुँदा देहायबमोजिमका आरोपीहरुलाई देहाय अनुसार कारवाही र सजायको मागदाबी लिइएको छ ।
 
(क) मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले पैठारीकर्तासँग बदनियतपूर्वक मिलेमतो गरी अन्तराष्ट्रिय ख्याति प्राप्त ब्राण्ड तथा उत्पतिको देश नै फरक परेको मालवस्तुहरुलाई भौतिक परीक्षणको क्रममा अनदेखा गरी जाँचपास गरी आफूहरुलाई लाभ र नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमलाई हानिनोक्सानी हुने गरी न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको स्पष्ट देखिन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क), (ख) र (घ) र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज आरोपी मनोज कुमार वि.क. र सनद खतिवडाको हकमा नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमबाट राजस्व चुहावट भएको रु. ६५,४०,००६।३३ बाट रु. १०,२९,४१०।– घटाई हुन आउने बिगो रु. ५५,१०,५९६।३३ (पचपन्न लाख दस हजार पाँच सय छयानब्बे रुपैयाँ तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुन मागदाबी लिइएको छ ।
 
(ख) सागर एण्ड साधना विजनेश प्रा.लि. काठमाडौंका संचालकहरु गंगा बहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेले भन्सार ऐन, २०६४ एवं आर्थिक ऐन, २०७५ विपरित पैठारी हुने मालवस्तुको यथार्थ विवरण नखुलाई मालवस्तुको नाम मात्र राखी भन्सार कार्यालय मेचीका भौतिक परीक्षण गरी जाँचपास गर्ने कार्यमा संलग्न भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडासँग बदनियतपूर्वक मिलेमतो गरी मालवस्तु पैठारी गरेवापत नेपाल सरकारलाई कानून बमोजिम रु. ६५,४०,००६।३३ तिर्नु/बुझाउनु पर्नेमा रु. १०,२९,४१०।– मात्र तिरे बुझाएको देखिंदा सो रकमबाट राजस्व तिरे बुझाएको घटाई हुन आउने रु. ५५,१०,५९६।३३ राजस्व चुहावट गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ७ बमोजिमको कसुर गर्ने मतियारको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम चुहावट गरेको राजस्वको बिगो रु. ५५,१०,५९६।३३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24