जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसमेत २ जनाउपर बिगो रु.६,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------

बेलबारी नगरपालिका वडा नं. २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले सेवाग्राहीको नागरिकता प्रमाण-पत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजात अनुसार नाम र जन्म मिति सच्याउन जिल्ला प्रशासन कार्यालयमा खर्च लाग्छ भनी जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसँग मिलेमतो गरी सेवाग्राहीसँग रू.६,००,०००/- लिएकोमा निजहरू तिर्थराज गिरी र टेकबहादुर श्रेष्ठले भ्रष्टाचार गरेको कसुरमा यस आयोगमा घुस/रिसवत रकमसहित दाखिला हुन आएकोमा अनुसन्धान हुँदा पदमबहादुर लिम्बु भन्ने बमबहादुर लिम्बुको नागरिकता प्रमाण-पत्रमा जन्म मिति संशोधन गरी सोबापत लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले रू.६,००,०००/- रकम लिई नागरिकता संशोधन गरेबापत जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएकोले निज राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज टेकबहादुर श्रेष्ठलाई बिगो रू.१,००,०००/- (एक लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन साथै निज राष्ट्रसेवकले लिएको घुस/रिसवत रू.१,००,०००/- बरामद हुन नसकेकोले सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदाबी लिइएको छ।

त्यस्तै लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले खरिदार टेकबहादुर श्रेष्ठसँग एकआपसमा मिली सेवाग्राहीसँग मोलाहिजा गरी नागरिकता संशोधनको लागि रू६,००,०००/- लिई टेकबहादुर श्रेष्ठलाई रू.१,००,०००/- दिएको र बाँकी रू.५,००,०००/- आफै खाई मास्ने मनसायले राखेको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रू.६,००,०००/-(छ लाख) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई साथै घुस/रिसवत लिएको मध्ये बरामद भएको रू.५,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम जफत गरी बरामद हुन नसकेको रू.१,००,०००/- सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम निजबाटै असुल उपर गरी जफत हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24