सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा कार्यरत शिक्षक जितेन्द्र कुमार झाउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------

सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा शिक्षक सेवा आयोगको सिफारिस पत्रानुसार माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको जितेन्द्र कुमार झाले शिक्षा शास्त्र विषयमा अध्यापन नगरेको र शैक्षिक तालिम पनि नलिएको व्यक्तिले सप्तरी जिल्लाबाट नक्कली अध्यापन अनुमति पत्र लिई महादेव मा.वि. दार्मा, हुम्लामा माध्यमिक तहको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज जितेन्द्र कुमार झाले बि.एन. मंडल विश्वविद्यालय, लालुनगर, मध्येपुरा बिहारबाट जारी गरिएको बी.एस्सी. (एच) को झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०६५।०१।१५ बाट महादेव माध्यमिक विद्यालय, दार्मा, हुम्लामा माध्यमिक शिक्षकमा अस्थायी नियुक्ति भएको र मिति २०७१।०४।०१ देखि लागु हुनेगरी माध्यमिक तहको तृतीय श्रेणी विज्ञान विषयको स्थायी शिक्षक पदमा नियुक्ति भई सुर्योदय उच्च माध्यमिक विद्यालय, श्रीनगर, हुम्लामा कार्यरत रहेको देखिन आएबाट सरकारी लाभ सुविधा लिएको पाइएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज शिक्षक जितेन्द्र कुमार झापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29