सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा कार्यरत शिक्षक जितेन्द्र कुमार झाउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------

सुर्योदय उच्च माध्यमिक विद्यालय, हुम्लामा शिक्षक सेवा आयोगको सिफारिस पत्रानुसार माध्यमिक तहको तृतीय श्रेणीको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको जितेन्द्र कुमार झाले शिक्षा शास्त्र विषयमा अध्यापन नगरेको र शैक्षिक तालिम पनि नलिएको व्यक्तिले सप्तरी जिल्लाबाट नक्कली अध्यापन अनुमति पत्र लिई महादेव मा.वि. दार्मा, हुम्लामा माध्यमिक तहको विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज जितेन्द्र कुमार झाले बि.एन. मंडल विश्वविद्यालय, लालुनगर, मध्येपुरा बिहारबाट जारी गरिएको बी.एस्सी. (एच) को झुठ्ठा (नक्कली) शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०६५।०१।१५ बाट महादेव माध्यमिक विद्यालय, दार्मा, हुम्लामा माध्यमिक शिक्षकमा अस्थायी नियुक्ति भएको र मिति २०७१।०४।०१ देखि लागु हुनेगरी माध्यमिक तहको तृतीय श्रेणी विज्ञान विषयको स्थायी शिक्षक पदमा नियुक्ति भई सुर्योदय उच्च माध्यमिक विद्यालय, श्रीनगर, हुम्लामा कार्यरत रहेको देखिन आएबाट सरकारी लाभ सुविधा लिएको पाइएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज शिक्षक जितेन्द्र कुमार झापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24