श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली-४, चितवनमा राहत दरबन्दीका तत्कालीन शिक्षक नारायण शर्मा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०७ गते ।
-------------------------------------------------

श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली-४, चितवनमा राहत दरबन्दीमा कार्यरत शिक्षक नारायण शर्माले बि.एस.सी. को नक्कली प्रमाण-पत्र पेश गरी जागिरमा प्रवेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री साझापुर उच्च माध्यमिक विद्यालय, मेघौली, चितवनका तत्कालीन शिक्षक नारायण शर्माले उक्त विद्यालयमा मा.वि. (राहत दरबन्दी) विज्ञान विषयको शिक्षक पदमा नियुक्ति लिने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, बल्खुबाट जारी भएको Bachelor,s Degree in Science and Technology तहको शैक्षिक प्रमाण-पत्र नक्कली एवं झुठ्ठा बनाई पेश गरी श्री साझापुर उच्च माध्यमिक विद्यालय मेघौली, चितवनमा मिति २०६५।०१।०८ गते मा.वि. राहत विज्ञान विषयको शिक्षक पदमा नियुक्ति भई मिति २०६७।११।०२ गतेसम्म सरकारी ओहदामा बहाल रही लाभ प्राप्त गरेको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज नारायण शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24