महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेत ५ जनाउपर बिगो रु.२,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०४ गते ।
-------------------------------------------------
चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन निजका आफन्तहरुले घुस रकम दिन खोजेको भनी प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले तत्काल कार्यालयमा जानकारी गराएको हुँदा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंबाट खटिई गएको टोलीले का.जि.का.म.न.पा. वडा नं. २३ बसन्तपुर स्थित कुमारी मन्दिर परिसरमा सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास समेतलाई रु.८०,०००।- (असी हजार) नगद घुस सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि यस आयोगमा पठाईएकोमा अनुसन्धान हुँदा चोरी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाउने प्रयोजनको लागि अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेतका लागि रविन्द्र प्रजा मार्फत् रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत दिएको र सोही प्रयोजनको लागि रविन्द्र प्रजाले प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको निर्देशनमा आफ्नो र निज प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको लागि रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत लिएको साथै राष्ट्रसेवक प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले हिरासतमा रहेका रुवेश महरालाई छुटाउन घुस/रिसवत लिन मन्जुर गरेको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारी निज बाबुलाल लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रु.२,००,०००।-(दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन,

साथै  बिचौलिया रविन्द्र प्रजाले निज बाबुलाल लामाको निर्देशन बमोजिम निज राष्ट्रसेवकलाई घुस/रिसवत दिन र आफुले समेत लिन अशोक दासबाट घुस रकम बुझिलिई निज रविन्द्र प्रजाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निज रविन्द्र प्रजालाई बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) अनुसार सजाय हुन, 

त्यस्तै अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले थुनामा रहेको व्यक्ति छुटाउने प्रयोजनको लागि राष्ट्रसेवक कर्मचारी समेतलाई रविन्द्र प्रजा मार्फत घुस/रिसवत दिएको पुष्टि हुन आई निज अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निजहरु अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डललाई जनही बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायँ हुन र घुस/रिसवतको बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ मध्ये बरामद भएको रु.८०,०००।-(असी हजार) रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गरी नपुग बिगो रु.१,२०,०००।-(एक लाख बीस हजार) रुपैयाँ यी आरोपीहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22