जिल्ला शिक्षा कार्यालय म्याग्दीका तत्कालीन इन्जिनियर श्रीकृष्ण खनाल र तत्कालीन सव-इन्जिनियर प्रमोदकुमार उप्रेती उपर बिगो रु. ७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।३० गते ।
-------------------------------------------------

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका-३ स्थित श्री सुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीले अनुचित तरिकाले पैसा असुली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन इन्जिनियर श्रीकृष्ण खनाल र तत्कालीन सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीले बिभिन्न बहानामा पटकपटक गरी विद्यालय पक्षसँग रकम लिएको सम्बन्धी उजुरी परेपछि रु. ७०,०००।– फिर्ता गरेको, पहिले कुनै बहानामा लिइसकेको रकम पछि कारवाहीबाट बच्नसक्ने दुषित मनसायले फिर्ता गरेको देखिंदा राष्ट्रसेवक कर्मचारीहरुले गरेको कार्य र प्रचलित कानूनी व्यवस्था विश्लेषण गर्दा शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरु श्रीकृष्ण खनाल र प्रमोदकुमार उप्रेतीलाई घुस/रिसवत लिएको बिगो रु. ७०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24