नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेर बहादुर सुनार उपर बिगो रु. ७५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

नेपाल विद्युत प्रधिकरण,  विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर (८औं तह) शेर बहादुर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर शेर बहादुर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएकोमा निजले सेवाग्राहीबाट रू.७५,०००/-(पचहत्तर हजार) घुस/रिसवत रकम लिई भागि गएकोमा पिछा गर्दै जाँदा कमलामाई नगरपालिका, वडा नं. ७, गैरी चोक हुदैं पानी ट्याङ्की जाने बाटोबाट रंगेहात नियन्त्रणमा लिइएको र इन्जिनियर शेर बहादुर सुनारलाई  निजकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेर बहादुर सुनारले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत सेवाग्राहीसँग नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रको कार्यालय सञ्चालन गरिरहेको भवनमा एकतल्ला थप्ने ठेक्का नं. NCB-SDC-2075/076-CVL-12 को निर्माण कार्यको अन्तिम किस्ता भुक्तानी गर्ने प्रयोजनका लागि रु. ७५,०००।– (पचहत्तर हजार) घुस/रिसवत माग गरी सो रकम आफ्नो कार्यालयका दैनिक ज्यालादारी हलुका सवारी चालकलाई लिन लगाई बरामद भएको पुष्टि हुन आएकोले निज शेर बहादुर सुनारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा बिगो रु. ७५,०००।– कायम गरी निज शेर बहादुर सुनारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24