सशस्त्र प्रहरी बल बि.ओ.पी. टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाई उपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

सशस्त्र प्रहरी बल बि.ओ.पी. टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनको लागि घुस/रिसवत माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बोर्डर आउट पोष्ट टांघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईले सेवाग्राहीको व्यापार व्यवसाय गर्न सहज गरिदिने भनी पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत माग गरी रु. ५०,०००।– (पचास हजार) लिन राजी भई घुस/रिसवत लिने उद्योग गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निज खगेन्द्र प्रसाद चापागाईले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले घुस/रिसवत लिन उद्योग गरेको बिगो रु. ५०,०००।– कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24