जनस्वास्थ्य कार्यालय, धादिङका तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप के.सी.समेत ३ जना उपर आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२२ गते ।
-------------------------------------------------

जनस्वास्थ्य कार्यालय, धादिङका पियन हरिबहादुर हमाल र लेखनदास नारायण श्रेष्ठबिरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट निजहरुले भ्रष्टाचारको कसुर गरेको ठहर्‍याई निज प्रतिवादीहरुलाई जरिवाना गर्ने गरी फैसला भएबमोजिम निजहरुले जरिवाना तथा बिगो तोकिएबमोजिम बुझाएपनि हालसम्म कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नरेश प्रताप के.सी.ले फैसलाको जानकारी प्राप्त गरेपछि पनि पियन हरि बहादुर हमाललाई कारवाही नगरी २०६० साल मंसिरदेखि २०६० साल फागुनसम्मको निज हरिबहादुर हमाललाई चार महिनाको जम्मा रु. १४,९०८।४० भुक्तानी गरेको देखिंदा नेपाल सरकारको रकम हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज डा. नरेश प्रताप के.सी.ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. १४,९०८।४० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम निजबाट सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।  

पियन हरि बहादुर हमालले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि मिति २०६०।०२।०५ देखि मिति २०७२।०८।१५ सम्म नियमित सेवामा कार्यरत रही उक्त अवधिमा तलब भत्ता लगायतको सेवा सुविधा, राजीनामा पश्चात नियमानुसारको करकट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदा र निवृत्तभरण बापतको रकम गरी जम्मा हुन आउने रु. ३४,३३,६८३।४९ नेपाल सरकारको रकम हानिनोक्सानी गरेको स-प्रमाण पुष्टि हुन आएकोले तत्कालीन पियन हरि बहादुर हमालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. ३४,३३,६८३।४९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन समेत मागदाबी लिइएको छ ।

साथै, जनस्वास्थ्य कार्यालय धादिङका तत्कालीन बरिष्ठ जनस्वास्थ्य प्रशासक (हाल राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बरिष्ठ जनस्वास्थ्य प्रशासक) जीवन कुमार मल्लले भ्रष्टाचार कसुर गरेको ठहर भएको जानकारी गराइएको पत्र प्राप्त भएपछि पियन हरि बहादुर हमालले दिएको राजीनामा स्वीकृत गरी नियमानुसार कर कट्टी गरेर उपचार खर्चबापतको रकम, संचित घरबिदा तथा बिरामी बिदाबापतको रकम गरी जम्मा रु. ७,६४,६४३।– भुक्तानी दिएको र निजले सिफारिस गरेको आधारमा निबृत्तभरणबापतको रकमसमेत हरि बहादुर हमालले बुझेकोले उक्त शीर्षकको जम्मा हुन आउने रु. १४,७०,३७९।८० हरि बहादुर हमाललाई भुक्तानी भएको देखिंदा निज जीवन कुमार मल्लले नेपाल सरकारको रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिंदा निजले हानिनोक्सानी गरेको रु. १४,७०,३७९।८० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र निजले हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24