त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पा उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२१ गते ।
-------------------------------------------------

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज कार्यालय सहयोगी डोमा शेर्पाले मिति २०७६।०१।०८ गते THAI AIRWAYS बाट नेपाल आएका भियतनामी नागरिक PHANTHI LOAN THAO  र कम्बोडियन नागरिक THEARI UY ले अवैध रुपमा ल्याएको सुन फाल्नको लागि सांकेतिक संवाद गरी निजहरुले आफ्नो साथमा रहेको सुन उप-सचिव कर्ण तिमिल्सिनाको कर्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा परिमाण १६८५ ग्राम बरामदसमेत भई विदेशी नागरिहरुउपर कानूनी कारवाही चलेको देखिंदा खानतलासी कार्यमा खटिएकी निज कार्यालय सहयोगी डोमा शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले बिगो रु. ७,०७,७००।– (सात लाख सात हजार सात सय) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24