त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पा उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२१ गते ।
-------------------------------------------------

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज कार्यालय सहयोगी डोमा शेर्पाले मिति २०७६।०१।०८ गते THAI AIRWAYS बाट नेपाल आएका भियतनामी नागरिक PHANTHI LOAN THAO  र कम्बोडियन नागरिक THEARI UY ले अवैध रुपमा ल्याएको सुन फाल्नको लागि सांकेतिक संवाद गरी निजहरुले आफ्नो साथमा रहेको सुन उप-सचिव कर्ण तिमिल्सिनाको कर्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा परिमाण १६८५ ग्राम बरामदसमेत भई विदेशी नागरिहरुउपर कानूनी कारवाही चलेको देखिंदा खानतलासी कार्यमा खटिएकी निज कार्यालय सहयोगी डोमा शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको देखिएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले बिगो रु. ७,०७,७००।– (सात लाख सात हजार सात सय) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26