जिल्ला तनहुँ, भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडासदस्य कृष्ण बहादुर अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१९ गते ।
-------------------------------------------------

जिल्ला तनहुँ, भानु नगरपालिका वडा नं. १३ का वडासदस्य कृष्ण बहादुर अधिकारीमार्फत भानु नगरपालिकामा कार्यरत इन्जिनियर शुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाई दिएकोसमेत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरीरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीद्वारा निजहरु वडासदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारीलाई रु.७५,०००/- (पचहत्तर हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारीले भानु नगरपालिका वडा नं. १३ स्थित जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन तथा भुक्तानी सिफारिस बनाई दिएको लगायतको बहाना बनाई सेवाग्राहीसँग वडासदस्य कृष्ण बहादुर अधिकारीमार्फत नियमानुसार गरेको कामको लागी रु. ७५,०००।– घुस/रिसवत रकम माग गरेको तथा वडासदस्य कृष्ण बहादुर अधिकारीले इन्जिनियर शुकदेव अधिकारीलाई सो घुस/रिसवत रकम मिलाउन भुमिका खेली उक्त घुस/रिसवत रकम लिएको निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निज इन्जिनियर शुकदेव अधिकारीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले शुकदेव अधिकारीलाई बिगो रु. ७५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा  ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै आरोपित कृष्ण बहादुर अधिकारीले भानु नगरपालिकाको इन्जिनियर शुकदेव अधिकारीलाई जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन तथा भुक्तानी सिफारिस बनाई दिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी जनताको सेवा गर्न बसेको जनप्रतिनिधि जस्तो व्यक्ति भएर आफूलाईसमेत लाभ हुने देखी लिन खानको लागी गैरकानूनी रुपमा घुस/रिसवत मिलाई दिने भुमिका खेली सेवाग्राहीसँग घुस/रिसवत रु. ७५,०००।– बुझी सो रकम इन्जिनियर शुकदेव अधिकारीलाई दिई मतियारको भुमिका खेलेको पुष्टि हुन आएको हुँदा निज कृष्ण बहादुर अधिकारीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24