जिल्ला तनहुँ, भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडासदस्य कृष्ण बहादुर अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१९ गते ।
-------------------------------------------------

जिल्ला तनहुँ, भानु नगरपालिका वडा नं. १३ का वडासदस्य कृष्ण बहादुर अधिकारीमार्फत भानु नगरपालिकामा कार्यरत इन्जिनियर शुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाई दिएकोसमेत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरीरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीद्वारा निजहरु वडासदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारीलाई रु.७५,०००/- (पचहत्तर हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारीले भानु नगरपालिका वडा नं. १३ स्थित जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन तथा भुक्तानी सिफारिस बनाई दिएको लगायतको बहाना बनाई सेवाग्राहीसँग वडासदस्य कृष्ण बहादुर अधिकारीमार्फत नियमानुसार गरेको कामको लागी रु. ७५,०००।– घुस/रिसवत रकम माग गरेको तथा वडासदस्य कृष्ण बहादुर अधिकारीले इन्जिनियर शुकदेव अधिकारीलाई सो घुस/रिसवत रकम मिलाउन भुमिका खेली उक्त घुस/रिसवत रकम लिएको निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निज इन्जिनियर शुकदेव अधिकारीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले शुकदेव अधिकारीलाई बिगो रु. ७५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा  ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै आरोपित कृष्ण बहादुर अधिकारीले भानु नगरपालिकाको इन्जिनियर शुकदेव अधिकारीलाई जनसहयोगी माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको निर्माण सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन तथा भुक्तानी सिफारिस बनाई दिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी जनताको सेवा गर्न बसेको जनप्रतिनिधि जस्तो व्यक्ति भएर आफूलाईसमेत लाभ हुने देखी लिन खानको लागी गैरकानूनी रुपमा घुस/रिसवत मिलाई दिने भुमिका खेली सेवाग्राहीसँग घुस/रिसवत रु. ७५,०००।– बुझी सो रकम इन्जिनियर शुकदेव अधिकारीलाई दिई मतियारको भुमिका खेलेको पुष्टि हुन आएको हुँदा निज कृष्ण बहादुर अधिकारीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26