शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेत र श्री डिस्टीलरी प्रा.लि. का अध्यक्ष धनेन्द्र कार्की उपर बिगो रु. ३७,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।११।१८ गते ।
-------------------------------------------------

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस/रिसवत माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा निज सि.डि.ई. सुबास बस्नेतलाई थप अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सो बापत तथा थप काम दिलाउने प्रयोजनार्थ घुस/रिसवत माग गरी उक्त घुस/रिसवतबापतको रकम पटक-पटक गरी रु. ३७,५०,०००।- जिल्ला साविक नवलपरासी हाल बर्दघाट सुस्ता पूर्व नवपलपरासी स्थित रहेको श्री डिस्टीलरी प्रा.लि. को बैंक खातामा जम्मा गर्न लगाएको स्पष्ट देखिएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले घुस/रिसवत लिएको बिगो रु. ३७,५०,०००।– कायम गरी निज सुबास बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै श्री डिस्टीलरी प्रा.लि. का अध्यक्ष धनेन्द्र कार्कीको तत्कालीन सि.डि.ई. सुबास बस्नेत आफन्त पर्ने र सुबास बस्नेतको प्रत्यक्ष रुपमा सम्पर्क हुने गरेकोमा निज धनेन्द्र कार्कीले श्री डिस्टीलरी प्रा.लि. को बैक खाता नं. आफै नपठाई अर्को मानिसमार्फत बैंक खाता नं. सुबास बस्नेतलाई पठाएको देखिएकोमा निजले सुबास बस्नेतसँगको मिलेमतोमा योजनाबद्ध रुपमा श्री डिस्टीलरी प्रा.लि. को बैंक खातामा सुबास बस्नेतले सेवाग्राहीसँग लिएको घुस/रिसवत रकम लुकाई छिपाई आफ्नै हस्ताक्षरबाट चल्ने बैंक खातामा सुरक्षित राखी प्रत्यक्ष रुपमा सहयोग गरेको स्पष्ट देखिन आएको, उक्त घुस/रिसवत रु. ३७,५०,०००।– तत्कालीन सि.डि.ई. सुबास बस्नेतको बैध आयबाट २०७५ साल ०५ महिनादेखि २०७५ साल ०६ महिनासम्मको अन्तरालमा आर्जन हुन नसक्ने व्यहोरा निज धनेन्द्र कार्कीलाई थाहा नभएको मान्न सकिने अवस्थासमेत नदेखिएको हुँदा निजले जानी जानी आरोपी सुबास बस्नेतलाई घुस लिन सघाउ गरी सहयोग पुर्‍याएको स्पष्ट देखिएको हुँदा निजले गरेको उक्त कार्यले मुख्य आरोपित सुबास बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गर्न निज धनेन्द्र कार्कीले सघाउ पुर्‍याई सो घुस/रिसवतबापतको रकम आफ्नो खातामा जम्मा गराई आफूले लाभसमेत लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्ने मतियारको कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को वाक्यांशमा उल्लेख भएबमोजिम बिगो रु. ३७,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22