भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टउपर बिगो रु. ४,५०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१५ गते ।
-------------------------------------------------

जिल्ला कन्चनपुर भीमदत्त नगरपालिका स्थित विष्णु धाम मन्दिरमा खुडकिला निर्माणको लागि पेश्की लिई हालसम्म फछर्यौट नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) मा खुडकिला निर्माण योजनाको लागि आ.ब. २०६५/०६६ मा उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले भीमदत्त नगरपालिकाबाट लिएको रु. ४,५०,०००।– (चार लाख पचास हजार) हालसम्म निर्माण कार्य नगरेको र उक्त रकम फरफारक समेत नगरेकोले उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले भीमदत्त नगरपालिकासमक्ष गरेको सम्झौता पालना नगरी भीमदत्त नगरपालिकाबाट रकम लिनु खानु गरी नेपाल सरकारलाई गैरकानूनी रुपमा हानि पुर्‍याउने र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको प्रमाणित हुन आएकोले निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर भएकोले निजलाई रु. ४,५०,०००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय हुन र बिगो रकमसमेत निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24