भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टउपर बिगो रु. ४,५०,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१५ गते ।
-------------------------------------------------

जिल्ला कन्चनपुर भीमदत्त नगरपालिका स्थित विष्णु धाम मन्दिरमा खुडकिला निर्माणको लागि पेश्की लिई हालसम्म फछर्यौट नगरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भीमदत्त नगरपालिका-३ स्थित साकेत धाम विष्णु मन्दिर (विष्णु धाम) मा खुडकिला निर्माण योजनाको लागि आ.ब. २०६५/०६६ मा उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले भीमदत्त नगरपालिकाबाट लिएको रु. ४,५०,०००।– (चार लाख पचास हजार) हालसम्म निर्माण कार्य नगरेको र उक्त रकम फरफारक समेत नगरेकोले उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर विष्टले आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले भीमदत्त नगरपालिकासमक्ष गरेको सम्झौता पालना नगरी भीमदत्त नगरपालिकाबाट रकम लिनु खानु गरी नेपाल सरकारलाई गैरकानूनी रुपमा हानि पुर्‍याउने र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको प्रमाणित हुन आएकोले निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर भएकोले निजलाई रु. ४,५०,०००।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय हुन र बिगो रकमसमेत निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26