श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षक इन्द्रसिंह थापा उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१५ गते ।
-------------------------------------------------

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया, कन्चनपुरका शिक्षकले जाली अवैध शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त विद्यालयका शिक्षक इन्द्रसिंह थापाले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश बाराणसी अन्तर्गतको ड्रमण्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी सेवामा बहाल रही लाभसमेत लिई रहेकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा निज शिक्षक इन्द्रसिंह थापालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download