डुङ्गेश्वर गाउँपालिका वडा नं. ५, दैलेखस्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीसमेत ४ जनाउपर प्रश्नपत्रको गोपनियता भंग गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१४ गते ।
-------------------------------------------------
 
श्री पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीले राहत दरबन्दी नि.मा.वि. तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भै छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर वि.क. लाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका (Answer Key) पठाई अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा निजहरु भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर बि.क.लाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।
 
जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ स्थित श्री पिपल चौतारा माध्यमिक विद्यालयको नि.मा.बि. तह राहत दरबन्दीमा सामाजिक विषयको शिक्षक छनौटका लागि गाउँपालिकाद्वारा मिति २०७६/०९/०२६ गते सञ्चालन गरिएको परीक्षामा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेक बहादुर भण्डारीको निर्देशन र सल्लाहबमोजिम सोही वडा नं. ५ का वडासदस्यसमेत रहेका उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर शाहीले परीक्षा सञ्चालन हुन अगावै पश्नपत्रहरु परीक्षार्थीहरु घनश्याम भण्डारी र दल बहादुर विश्वकर्माको म्यासेन्जरमा पठाई आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोले प्रस्तुत कसुरमा संलग्न व्यक्तिहरुलाई तपसिल बमोजिमको कसुरमा सजायको मागदाबी लिइएको छ ।
 
क. डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेक बहादुर भण्डारी र ऐ. वडाका वडासदस्य एवं पिपल चौतारा माध्यमिक विद्यालय डाँडापराजुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर शाहीसमेतको मिलेमतो गरी शिक्षक छनौट परीक्षाको संयोजकसमेत रहेका भक्त बहादुर शाहीको मोबाइलबाट विषयविज्ञहरुले तयार गरेको विषयगत तर्फको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरकुञ्जिकाको फोटो खिची घनश्याम भण्डारी र दल बहादुर बिश्वकर्माको म्यासेन्जरमा पठाई आफू निकटका व्यक्तिलाई शिक्षक पदमा नियुक्त गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतले प्रश्नपत्रको गोपनियता भंग गरेको तथ्य प्रमाणित भएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
ख. श्री पिपल चौतार माध्यमिक विद्यालयका तत्कालीन लेखा सहायक तथा नि.मा.बि. तह सामाजिक शिक्षक पदमा नियुक्त घनश्याम भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर शाही तथा आफ्नो दाजु नाता पर्ने टेक बहादुर भण्डारीसँग मिलेमतो गरी शिक्षक छनौट परीक्षाका संयोजकसमेत रहेका भक्त बहादुर शाहीमार्फत परीक्षाको विषयगत तर्फको छ वटै प्रश्नहरु रहेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नपत्रहरुको ४० वटै प्रश्नहरुको बहु-विकल्प उत्तर रहेको उत्तरकुञ्जिका प्राप्त गरी परीक्षाको तयारी गरी परीक्षामा सहभागी भई सर्वाधिक अंक प्राप्त गरेको र परीक्षा समितिको सिफारिसमा श्री पिपल चौतारा माध्यमिक विद्यालय, दैलेखबाट नि.मा.बि. तह सामाजिक विषयको शिक्षक पदमा करार नियुक्तिसमेत लिइसकेको देखिंदा निजले प्रश्नपत्रको गोपनियता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्र तथा उत्तरकुञ्जिका प्राप्त गरी परीक्षामा सबैभन्दा बढी अंक ल्याई उत्तिर्ण भई शिक्षक पदमा सिफारिस भई नियुक्तिसमेत लिएको स-प्रमाण पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरको मतियार हुने कसुर गरेको पुष्टि भएकाले सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अनुसार सजाय हुन मागदाबी लिइएको छ ।
 
ग. शिक्षक पदमा बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माले भक्त बहादुर शाही र टेक बहादुर भण्डारीसँग मिलेमतो गरी श्री पिपल चौतारा माध्यमिक विद्यालय, डाँडापराजुल, दैलेखको राहत दरबन्दीको नि.मा.बि. तह सामाजिक विषयको शिक्षक छनौट परीक्षामा सहभागी हुनु अगावै भक्त बहादुर शाहीमार्फत विषयगत तर्फको ६ वटा प्रश्नहरुमध्ये ३ वटा तथा वस्तुगत प्रश्नहरु ४० वटाको सम्पूर्ण उत्तर रहेको उत्तरकुञ्जिका प्राप्त गरेको र टेक बहादुर भण्डारी र भक्त बहादुर शाहीको सल्लाहबमोजिम घनश्याम भण्डारीको रिक्त पद (सहायक लेखापाल) मा नियुक्त हुने योजनामा समर्थन जनाई प्रश्नपत्रको गोपनियता भंग गर्ने कार्यमा भक्त बहादुर शाहीसमेतलाई सहयोग गरी प्रश्नपत्र तथा उत्तरकुञ्जिका प्राप्त गरी परीक्षामा अन्य परीक्षार्थी भन्दा बढी अंक ल्याई उत्तिर्ण भई बैकल्पिक उम्मेदवारको रुपमा छनोट भएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ मा उल्लेख भएबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अनुसार हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 
 
 
 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24