सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१४ गते ।
-------------------------------------------------

सुर्खेत जिल्ला साविक लगाम गाउँ विकास समिति वडा नं. ५ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले समुहको रकम हिनामिना गरेको, समूहको निर्णय बिना रकम निकाली बिल भरपाई बनाई हिनामिना गरेको, वन हेरालुलाई तोकिएको भन्दा बढी रकम दिएको फर्जी भरपाई बनाएर पेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कोटदरवार सामुदायिक वन समुहका पूर्व अध्यक्ष बलबहादुर कठायतले कामै नगरेका व्यक्तिहरुको फर्जी भरपाई बनाएको र वन हेरालुलाई तोकिएको भन्दा बढी पारिश्रमिक बुझेको भरपाई बनाई रु. ७९,०००।– (उनासी हजार) आर्थिक अनियमितता गरेको पुष्टि हुन आएकोले सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु. ७९,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी गरी खाए मासेको बिगो रकमसमेत असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24