जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१३ गते ।
-------------------------------------------------

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोक वहादुर चन्द समेतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आफैले खाईमासेको तथा लास ओसारेको भनी नक्कली विल भरपाईको रकमसमेत लाखौं खाएको भन्ने समेतको ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवर, लेखापाल प्र.ना.नि. माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्र.ह. टंक बहादुर मल्ल एवं प्र.ज. सर्वराज खत्रीसमेतले मिलेमतो गरी कार्यालयमा निकासा भएको बजेटबाट प्रहरी कर्मचारीहरुको २०७१ भाद्र महिनादेखि आ.व. २०७२ को भाद्र महिनासम्मको तलब, स्थानीय भत्ता तथा राशन समेतको शीर्षकको तलबी भर्पाईको जोडजम्मा फरक पारी बढी निकालेको रु.१५,९२,२३८/१४ तथा जिल्ला प्रहरी कार्यालय हुम्लामा र अन्तर्गत कार्यरत नै नरहेका व्यक्ति ईश्वरी श्रीषको नामबाट राशन तथा स्थानीय भत्ता शीर्षकमा खर्च लेखी निकालेको देखिएको रु.४,०२,७९०/९२ समेत कुल जम्मा रु.१९,९५,०२९/०६ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकाली खाई मासेको देखिएबाट निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा हिनामिना गरी खाई मासेको देखिएको रु.१९,९५,०२९/०६ (अक्षरेपी उन्नाईस लाख पन्चानब्बे हजार उनन्तीस रुपैयाँ पैसा छ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम यी आरोपीहरूबाट बिगो असुल उपर हुन समेत मागदावी लिइएको छ। 

साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालहरु भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निजभक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसूर गरेको हुँदा निज भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको छ।

यसैगरी महालेखापरीक्षकको कार्यालयको तर्फबाट लेखापरीक्षणको लागि डोर खटिएका निर्देशक प्रेम कुमार अधिकारी लेखापरीक्षण अधिकारीहरु छत्रनाथ शर्मा गैरे र संगिता फुयालले जिल्ला प्रहरी कार्यालयको उल्लेखित आर्थिक वर्षको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्ता समेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज प्रेम कुमार अधिकारी, छत्रनाथ शर्मा गैरे र संगिता फुयालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22