घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साह उपर बिगो रु. २,३०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
---------------------------------------------------

घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा HT.LT तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा रु.२,२६,०००।–(दुई लाख छब्बीस हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साहले घ्याङलेख गाउँपालिका अन्तर्गतका बिभिन्न वडाहरुमा विद्युतीकरण (HT,LT तथा ट्रान्सफर्म जडान) सम्बन्धी ठेक्काको निर्माण कार्य सम्पन्न भई अन्तिम कार्य सम्पन्न प्रतिवेदन तयार गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. १,६०,०००।– र रु. ७०,०००।– को २ (दुई) थान चेकहरुको हुन आउने जम्मा रु. २,३०,०००।– (दुई लाख तीस हजार) घुस/रिसवत स्वरुप लिई आफूसँग राखेको अवस्थामा निज इन्जिनियर दिलिप कुमार साहबाट उक्त घुस/रिसवतबापतका चेकहरु बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध भएकाले निजलाई बिगो रु. २,३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22