नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह उपर बिगो रु. ३,५०,०००।– कायम गरी सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।११।०६ गते ।
---------------------------------------------------

गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले रेट्रो मेन्टेनेन्सबापतको अनुदान रकम रु. २,५०,०००।– (दुई लाख पचास हजार) र मर्मत शीर्षक जम्मा रु. १,००,०००।– (एक लाख) समेत विद्यालयमा कुनै पनि कार्य नगरी बदनियतसाथ आफूले खाई मासी नेपाल सरकारको सम्पत्ति हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज शिव कुमार साहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निजलाई हानिनोक्सानीको बिगो रु. ३,५०,०००।– (तीन लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22