केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कृष्ण बहादुर बोहरा उपर बिगो रु. ७,२९,९४६।४१ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
---------------------------------------------------

केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी जम्मा रु. ४१,५४,५००।– तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले पेश्की लिएको रकमबाट निर्माण भएको कामको साविकको जिल्ला शिक्षा कार्यालय, डोटीले रु. ३१,०९,९४५।– बराबरको मूल्याङ्कन गरेको र स्थलगत निरीक्षणको क्रममा गरिएको मूल्याङ्कनबाट रु. ३१,१६,०५६।५९ बराबरको कार्य भएको र निजले विद्यालयको खातामा रु. ३,०८,५००।– जम्मा गरेको देखिंदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले रु. ७,२९,९४६।४१ (सात लाख उनान्तीस हजार नौ सय छयालीस रुपैयाँ एक चालीस पैसा) हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले हिनामिना गरेको बिगो रु. ७,२९,९४६।४१ कायम गरी निजलाई सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24