महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत प्रहरी सहायक निरीक्षक उमेश के.सी. उपर बिगो रु. ६०,००,०००।– कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०४ गते ।
---------------------------------------------------

महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा उक्त मुद्दाका प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी.ले सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी.ले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ घुस/रिसवत मागेको र उक्त घुस रकम लिन राजी भै लिनसमेत आई उक्त घुस/रिसवत लिने उद्योग गरेको स-प्रमाण पुष्टि भएको देखिएको हुँदा निजले उमेश के.सी.ले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले घुस/रिसवत लिन उद्योग गरेको बिगो रु. ६०,००,०००।– (साठी लाख) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26