सिन्धुपाल्चोक जिल्ला, लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कैलाश थापासमेत ६ जना उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०२ गते ।
---------------------------------------------------

सिन्धुपाल्चोक जिल्ला, लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री कैलाश थापा समेतले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनी कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी खाएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसुरमा संलग्न राष्ट्रसेवक तथा अन्य व्यक्तिहरुका हकमा देहाय बमोजिम मागदाबी लिइएको छ।

(क) लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कैलाश थापाका हकमा: 

लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कैलाश थापाले वडावासीहरुको समस्यालाई समाधान गर्ने भनी पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक-फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी स्वीकृत नभएको आयोजनालाई वडावासीहरुको भेलाले वडा नं. १-७ सम्मका लागि छुट्ट्याएको रकम त्यही खानेपानीलाई हाल्ने भन्ने सरसल्लाह भएको नाम पारी आयोजना बाँडफाँड गर्ने पदाधिकारीको तहमा बसी गैरकानूनी तवरले उपभोक्ता समितिको अध्यक्षसमेत आफै भई झुठ्ठा कागजपत्र बनाई पैसा निकाली सो मायाखोला मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई आयोजनालाई छुट्याइएको रकम रु.६,००,०००।– (छ लाख रुपैयाँ) सो आयोजनामा खर्च नगरी उनाउ योजना देखाई वास्तविक रुपमा खर्च नगरी आफूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज कैलाश थापालाई हानिनोक्सानी गरेको बिगो रु.६,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम ऐ. ऐनको दफा १७ बमोजिम असुल उपर गर्नसमेत मागदाबी लिइएको छ ।

(ख) लिसंखुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजुका हकमा :

लिसंखुपाखर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन र लेखापाल सुरेन्द्र बहादुर तितजुले भुक्तानीको समयमा पेट्कु खानेपानी वडा नं. १ देखि ६ सम्म भुक्तानी माग गर्दा प्राविधिक कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिकै अनुगमन समितिको कार्यसम्पन्न निर्णयको माइन्यूटको प्रतिलिपि र वडा समिति/वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोरहाजिरी, बिल, भरपाईको आधारमा भुक्तानी गरी फाइल संलग्न कागजातहरुमा गरिएको सम्झौतामा सोभन्दा पहिले नै मितिमा पाईप खरिदको काटिएको बिललाई पनि सदर गरी श्रमिक लगाएको भनी विभिन्न व्यक्तिहरुको डोरहाजिरी देखाएको कागजातमा पनि दैनिक हाजिर लगाएको देखिएकोले सम्झौता भएको मिति भन्दा पहिले नै काम गरेको देखिएकोलाई पनि सदर गरी गैर जिम्मेवारीपूर्ण रुपमा गलत कागजातलाई आधार बनाई उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष कैलाश थापासँग मिलेर पेट्कु खानेपानी आयोजनाको उक्त कार्य सम्पन्न नहुँदै आयोजनालाई छुट्याइएको रकम रु.६,००,०००।– (छ लाख रुपैयाँ) वास्तविक रुपमा खर्च नगरी आफूसमेतलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज निरन्जन पाख्रिन र सुरेन्द्र बहादुर तितजुसमेतलाई हानिनोक्सानी गरेको बिगो रु.६,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम ऐ. ऐनको दफा १७ बमोजिम असुल उपर गर्नसमेत मागदाबी लिइएको छ ।

(ग) लिसंखुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर लिल बहादुर पाण्डेका हकमा:

पेट्कु खानेपानी आयोजनाको उक्त कार्य सम्पन्न नहुँदै आयोजनालाई छुट्याइएको रकम रु.६,००,०००।- (छ लाख रुपैयाँ) भुक्तानी गर्न कार्य सम्पन्नको गलत प्रतिवेदन गरी (आफूसमेतलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको) स-प्रमाण पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिमको समेत कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजायका साथै सोही ऐनको दफा १७  ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गर्नसमेत मागदाबी लिइएको छ ।

(घ) लिसंखुपाखर गाउँपालिका वडा नं. ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठका हकमा:

लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कैलाश थापासँग रु. ४,१०,०००।- (चार लाख दस हजार) लिई उक्त रकम दुवै जनाको सहमतिमा दल बहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको, खानेपानीमा रु.१,००,०००।– (एक लाख) खर्च गरी खानेपानी पाइप किनेको बाँकी रकम रु.३,१०,०००।- (दल बहादुर श्रेष्ठको) व्यक्तिगत खातामा राखेको देखिंदा सरकारी रकम व्यक्तिगत रुपमा बुझेर व्यक्तिगत तवरले कुनै कानूनी अधिकारप्राप्त नभएको व्यक्तिको हैसियतले लामो समयसम्म व्यक्तिगत खातामा राखेको र हालसम्म पनि बाँकी रकम रु.३,१०,०००।- (तीन लाख दश हजार) व्यक्तिगत खातामा रहेकोले उक्त रकम गैरकानूनी रुपले बुझेर आफूले व्यक्तिगत लाभ लिई राज्यलाई हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजहरु बाबुलाल जोशी र दल बहादुर श्रेष्ठलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानिनोक्सानी भए गरेको बिगो रकमसमेत असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24